मेयर कप : मंगलबार दुई खेल हुँदै; सोमबारको खेलमा कावासोती १३ र कावासोती ३ विजयी





कावासाेती, २५ मंसिर ।
कावासाेती मेयरकप अन्तरगत मंगलबार दुई खेल हुँदैछन् ।
मंगलवारको पहिलो खेल वडा नम्वर २ र ९ तथा दोश्रो खेल ६ र ८ बीच हुने आयोजकले जनाएको छ ।
प्रतियाेगिता कावासाेती ३ राममन्दिर नजिक खेलमैदानमा सञ्चालन भएकाे छ ।
यसैबीच साेमबारकाे
खेलमा कावासोती १३ र दोस्रो खेलमा कावासोती ३ ले जित निकालेका छन् ।

सोमवार भएका २ खेलमध्ये पहिलो खेलमा कावासोती १३ ले कावासोती १० लाई ६–० को गोल अन्तरले पराजित गर्याे ।
कावासोती १३ का जर्सी नम्वर ११ का खेलाडी शाहिल मगरले ५ गोल गरेका थिए ।
त्यस्तै वडा नम्वर ३ र १५ बीच भएको दोस्रो खेलमा कावासोती ३ ले १५ लाई ३ का बिरुद्ध ० गोल अन्तरले पराजित गरेको छ ।
प्रतियाेगिताकाे फाईनल खेल पौष २ गते हुने छ।







सम्बन्धित
Loading...