दुई छोरी सहित वेपत्ता महिलाको कोठाबाट चिठी भेटियो (घर छाड्नुको कारण यस्तो छ हेर्नुहोस् पत्र सहित)





कावासोती । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका ४ शंखदेवबाट दुई छोरी सहित एक साता अघिदेखि वेपत्ता महिलाकी कोठाबाट चिठी भेटिएको छ ।
छोरीले लेख्ने शिशाकमलले लेखेकी चिठीमा उनले श्रीमान्ले कहिलै माया नगर्ने, गाली मात्र गर्ने, श्रीमान्ले अरुको कुरा सुन्ने आदि कारणले घर छोडेको भनेर पत्र लेखेर छोडिएको भेटिएको छ ।
उनको कोठामा प्रहरी सहित गएर खानतलासी गर्दा यस्तो पत्र भेटिएको हो ।

(हेर्नुहोस् पत्रको विवरण )



उनी एक साता अघिदेखि दुई छोरी सहित हराएकी छिन् ।
उनका आफन्तले जिल्ला प्रहरी कार्यालय नवलपुरमा आफन्तले उजुरी सहित दिएका छन् ।
प्रहरीमा दिएको उजुरी अनुसार २७ बर्षकी जमुना न्यौपाने ५ बर्षकी सुरक्षा न्यौपाने र १४ महिनाकी समीक्षा न्यौपाने सहित वेपत्ता भएकी हुन् ।
एक सातासम्म आफन्तकोमा खोजी गर्दा पनि नभेटिएपछि प्रहरीमा उजुरी दिएको उनका जेठानी दिदी राधिका न्यौपानेले बताइन ।
सुस्त मनस्थितिकी जस्ती ति महिलालाई कसैले ललैफकै बेच्न लगेको हुन सक्ने आफन्तले आशंका गरेका छन् ।
उनका श्रीमान वैदेशिक रोजगारीको शिलशिलामा भारत थिए । श्रीमान अहिले श्रीमतिको खोजीको लागि घर आएका छन् ।




सम्बन्धित
Loading...