२०७५ साल मङ्सिर २६ गते

101




तपाईलाइ स्वागत छ ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर ,चितवन ज्योतिषी पं.लक्ष्मण सुवेदीमो.९८५५०४६६५८

मेष पुरुषार्थी काम गर्दै लाभ उठाउन सकिनेछ। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ।




वृष कर्मयोगद्वारा जीवनशैलीमा सुधार ल्याउन सफल भइनेछ। कामको चाप बढ्नेछ।

मिथुन अरूका लागि समय र अर्थ खर्च गर्नुपर्ला।अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ।

कर्कट समय लागे पनि चिताएको काम बनाउन सकिनेछ। स्वास्थ्यका लागि खानपानमा अलि सजग रहनुहोला।

सिंह दौडधुपमै समय बित्नेछ। अध्ययनमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्नेछ।

कन्या हुलमुलमा धनमाल जोगाउन सजग रहनुहोला। दिन मनोरञ्जनपूर्ण र उत्साहवर्द्धक रहनेछ।

तुला आँटेको काम बन्नाले भौतिक सुविधा बढ्नेछ। साथीभाइको आगमनले काममा उत्साह जाग्नेछ।

वृश्चिक रमाइला ठाउँको भ्रमण गर्ने अवसर प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिन सक्छ।

धनु सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। मनग्गे अर्थ लाभ हुनेछ

मकर सानो काममा अधिक खर्च हुनाले चिन्ता बढ्नेछ। अध्ययनमा सामान्य उपलब्धि प्राप्त हुनेछ।

कुम्भ प्राविधिक ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ। व्यवसायमा धनलाभ हुनेछ।
मीन सन्तान वा अनुयायीले राम्रो साथ दिनेछन्। आस मारेको नतिजा समेत सकारात्मक हुने देखिन्छ।



सम्बन्धित
Loading...
error: Content is protected !!