मगर समुदायको कौराहा वृत्तचित्र कावासोतीमा





कावासोती । मगर समुदायको मौलिक नाचको रुपमा सुचिकृत कौराहाको वृतचित्र शुक्रबार कावासोतीमा प्रर्दशन गरिएको छ ।
नेपाल मगर संघ समन्वय समिती नवलपुरको आयोजनामा भएको कार्यक्रममा नेपाल मगर संघ समन्वय समिति नवलपुरका अध्यक्ष इन्द्र फाल मगरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी मौलिक कौराहा संरक्षण समीतिका केन्द्रीय अध्यक्ष हर्क आले मगर रहेका थिए।

कार्यक्रममा बोल्दै मौलिक कौराह संरक्षण समितिका केन्द्रीय अध्यक्ष एवम् वृतचित्र निर्देशक हर्क आलेले मगर समुदायको मौलिक नाचको रुपमा सुचिकृत कौराहा संरक्षणमा टेवा पुगोस भन्ने उद्देश्यका साथ बृतचित्र निर्माण गरिएको बताए।
पछिल्लो पिढीलाइ कौराहा नृत्यको उत्पति र महत्वको बारेमा जानकारी गराउनको लागी यस वृतचित्रले महत्वपुर्ण भुमिका खेल्नेमा आफु विश्वस्त रहेको बताउँदै निर्देशक आलेले यसलाइ मगर समुदायले मनन गर्नुपर्नेमा जोड दिए।
नेपाल मगर संघ प्रदेश ४ का सदस्य छविलाल थापा मगरको स्वागत मन्तव्य रहेको कार्यक्रमको सचालन जिल्ला कोषाध्यक्ष देविसरा पुलामीले गरृका पइ । बृत चित्र अवलोकनको लागी नवलपुर क्षेत्रका मगर समुदायको उल्लेखनिय उपस्थीति रहेको थियो ।





सम्बन्धित
Loading...