सकारात्मक रुपमा कलम चलाउन अध्यक्ष श्रेष्ठको आग्रह





नवलपरासी । प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले पत्रकारहरुले सकारात्मक रुपमा कलम चलाउनु पर्नेमा जोड दिएका छन् ।
प्रेस स्वतन्त्रतालाई मध्यनजर गर्दै मुलुकको धर्म, पर्यटन, द्वन्द्व र समाधानका विषयमा सकारात्मक रुपमा कलम चलाउन आवश्यक रहेकोमा जोड दिए ।
शनिवार नेपाल पत्रकार महासंघ नवलपरासीले विश्व प्रेस काउन्सील र नेपाल काउन्सील बीच वर्तमान पत्रकारीताको सन्दर्भमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले छिमेकी मुलुकको प्रेस काउन्सीलहरुसंग सहकार्य गर्दै अगाडि बढ्ने बताए ।
प्रेस काउन्सिल नेपाल, प्रेस काउन्सिल म्यानमार र प्रेस काउन्सिल श्रीलंकाका अध्यक्ष सहितका पदाधिकारीहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्ष होमराज रानाभाटले नवलपरासीको पत्रकारीता क्षेत्र र संचारमाध्यमको विषयमा जानकारी गराएका थिए ।




सम्बन्धित
Loading...