मध्यविन्दुमा बस र मोटसाइलक दुर्घटनामा एक जनाको मृत्यु, १६ जना घाइते


रामकुमार श्रेष्ठ ।
नवलपरासी, ३ पुस ।




 पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका ८ गडवार खोला नजिकै यात्रुवाहक बस र मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको ना ६ ख ९६७६ नम्बरको बसले सोहीदिशातर्फ जाँदै गरेको बा ५१ प ६९७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा दुर्घटना भएको हो ।
दुर्घटनामा परी बस र मोटरसाइकल दुवै सडकदेखि करिब २० मिटर तल खसेको छ । दुर्घटना स्थल चोरमारा डेढ किलो मिटर पश्चिम जंगल क्षेत्रमा पर्दछ ।
दुर्घटना परी घाइते भएकी मोटरसाइकलमा सवार मध्यविन्दु ११ निवासी बर्ष २८ की चन्द्रकुमारी सोमै मगरको मध्यविन्दु सामुदायिक अस्पताल डण्डामा उपचारको क्रममा निधन भएको हो ।
दुर्घटनामा परी बसमा सवार सहित १६ जना घाइते भएको र घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको मध्यविन्दु सामुदायिक अस्पताल डण्डामा उपचार भईरहेको छ ।
मंगलबार दिउंसो साढे २ बजेतिर दुर्घटना भएको हो ।







सम्बन्धित
Loading...