द्वन्द्व सकिएको बाह्र बर्ष पछि बल्ल हट्यो दाउन्नेको सेना





नारायण भण्डारी ।
नवलपरासी (बर्दघाट), ४ पुस ।




द्वन्द्वकालमा दाउन्नेमा रहेको रिपिटर टावरको सुरक्षाका लागि खटिएको नेपाली सेना शान्ति सुरक्षाको कुनै जोखिम नभएको भन्दै हटाइएको छ ।
हाल रेडियो नेपाल, नेपाल टेलिभिजन र नेपाल टेलिकमका कर्मचारीहरुसंगै त्यहां स्थित जनपथ प्रहरी र शसस्त्र प्रहरी पर्याप्त रहेको उल्लेख गर्दै जिल्ला सुरक्षा समितिको मंसिर ६ गतेबाट बैठकले नेपाली सेना हटाउने निर्णय गरेको हो ।
जिल्ला सुरक्षा समिति नवलपरासी बर्दघाट सुस्ता पूर्वको निर्णय अनुसार नेपाली सेनाले आफ्नो जिम्मेवारी बरबुजारत गरी दाउन्नेबाट बाहिरिएको हो ।
हाल प्रदेश नम्बर ४ अन्तरगत बर्दघाट सुस्ता पूर्वको विनयी त्रिवेणी गाउपालिका वडा नम्बर २ मा पर्ने दाउन्ने डांडामा नेपाल टेलिकमका ४ जना, रेडियो नेपालका ४ जना, शसस्त्र प्रहरी बलका २ जना र जनपथ प्रहरीका २ जना रिपिटर टावर सुरक्षार्थ खटिदै आएका छन् ।
द्वन्द्वकालमा टावरको सुरक्षाका लागि श्री कृष्णदल गण बाट खटिदै आएका सेनाले सुरक्षा दिदै आएका थिए ।
हाल देशमा शान्ति सुरक्षा कायम भएको र त्यहां उपलब्ध जनशक्ति टावरको सुरक्षाका लागि पर्याप्त रहेको भन्दै बर्दघाट सुस्ता पूर्वका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालको अध्यक्षतामा बसेको तिनवटै सुरक्षा निकायका प्रमुख सहितको बैठकले दाउन्नेडांडामा रहेको नेपाली सेनालाई हटाउने निर्णय गरेको थियो ।




सम्बन्धित
Loading...