त्रिपिटक पुजाको आयव्यय सार्वजनिक; पचास लाख संकलन, १९ लाख वचत






नवलपरासी, ५ पुस ।
पूर्वी नवलपरासीको कावासोती ३ मा रहेको बरचुली गुम्बामा आयोजित त्रिपिटक पाठवाचन महापूजाको आयव्यव सार्वजनिक गरिएको छ ।
विहीबार कावासोतीमा गरिएको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार मंसिर १ गतेदेखि ७ गतेसम्म चलेको महापूजाबाट ५० लाख ५८ हजार रुपैयाँ आर्थिक संकलन भएको थियो । उक्त रकम मध्ये खर्च कटाएर १९ लाख ४१ हजार रुपैया वचत भएको पत्रकार सम्मेलनमा आर्थिक संकलन उपसमितिका सहसंयोजक धमान सिंह गुरुङले बताए ।
गोपी गुरुङको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सञ्चालन सचिव मनबहादुर गुरुङले गरेका थिए ।
विश्वशान्तिको कामना सहित गरिएको महापूजाबाट उठेको रकमबाट बरचुली गुम्बालाई नेपालकै नमूना गुम्बाको रुपमा निर्माण गर्न आर्थिक खर्च गरिने सचिव मनबहादुर गुरुङले बताए ।




सम्बन्धित
Loading...