ad

आगलागी हुँदा महिलाको जलेर मृत्यु

115


विराटनगर, ९ पुस । मोरङको उर्लाबारी नगरपालिका–७ स्थित एक घरमा सोमवार साँझ आगलागी हुँदा जलेर महिलाको मृत्यु भएको छ ।

साँझ ६ः३० बजे रामबहादुर थापाको घरमा आगलागी हुँदा जलेर ४५ वर्षीया बुहारी रिनाको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए । आगलागीको समयमा घरमा ८४ वर्षीय ससुरा रामबहादुर र बुहारी रिना रहेका थिए । रामबहादुरलाई स्थानीयवासी र प्रहरीले उद्धार गरे पनि बुहारी कोठामा चुकुल लगाएर सुतेकाले उद्धार गर्न नसक्दा आगोले जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।



आगलागीबाट फुस र टाटीको बेराले बनेको घर जलेर नष्ट हुँदा रु पाँच लाख बराबरको क्षति भएको छ । आगोलाई झापाको दमकबाट आएको बारुणयन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।



You might also like
Loading...