अपहरण गर्दै फिरौती असुल्ने महतो पक्राउ





महोतरी । तराईमा सशस्त्र भूमिगत रहेर अपहरण, हत्या चन्दा संकलन गर्दै आएका तराई मलेटरी मोर्चाका संयोजक मकेश्वर महतोलाई महोतरी प्रहरीले पक्राउ गरेको छ ।

धनुषाको जनकपुर उपमहानगरपालिका –१४ पिडारी चोकबाट महोतरीको बर्दिवास नगरपालिका ७ प्रेमनगरका ३६ वर्षिय महतोलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोतरीका एसपी ईश्वर कार्कीले बताए ।




महतोले २०६८ मंसिर २२मा बर्दिवास ७ स्थित बसकाउण्टरबाट बर्दिवास ५ का जानुलाल महतोका २० वर्षिय छोरा कृष्ण कुमार महतोलाई अपहरण गरी दशलाख रुपैया फिरौती लिई भारतको मधुबन्नीबाट अपहरणमुक्त गरेका थिए । महोतरी जिल्ला अदालतबाट २०७० पुस १ गते अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष कैद र १ लाख ५ हजार जरिवानाको सजाय पाएका महतो प्रहरीको मोष्टवाण्टेड सुचीमा रहेका थिए ।

त्यस्तै २०६७ वैशाख १ गते निगौल ३ का शौखिलाल यादवलाई कर्तव्य गरी हत्या गरि ज्यानसम्बन्धी मुद्दामा फरार रहेका थिए । आईतवार अवेरराती पक्राउ परेका महतोलाई सोमवार नै जलेश्वर करागार चलान गरिएको छ ।

महतोमाथि महोत्तरीमा कर्तव्य ज्यान मुद्दा पनि दर्ता छ भने धनुषामा उनीमाथि डाँका, अपहरण तथा शरीर बन्धक, कर्तव्य ज्यान गरी चार मुद्दा दर्ता रहेको एसपी कार्कीले बताए ।

आहुत सिंहको नामबाट तराईका जिल्लाहरुमा चिनिएका महतोले सशस्त्र भुमिगत समूहका संचालन गरेर आपराधिक क्रियाकलाप गर्दै आएका थिए । भारतमा रहेर अपहरणगरी फिरौती माग गर्ने र फिरौती नपाएपछि हत्या गर्ने कार्य महतो गर्दै आएका थिए ।




सम्बन्धित
Loading...