आज यो वर्षकै सबैभन्दा बढी चिसो, उपत्यकाको तापक्रम १.५ डिग्री सेल्सियमा झर्यो





काठमाडौं । काठमाडौं उपत्यकामा आज बुधबार यस वर्षकै सबैभन्दा धेरै जाडो महसुस गरिएको छ । मौसम विज्ञान विभागले बुधबार विहान ८ः४५ बजे काठमाडौं उपत्यकाको तापक्रम १.५ डिग्री सेल्सियस रहेको र यो अहिलेसम्मकै कम रहेको जनाएको छ ।




विभागका अनुसार आज बिहान ६ बजे २ डिग्री सेल्सियस मापन गरिएको थियो । विहान ८ः४५ बजे झन् घटेर १.५ मा पुगेको हो ।

आकाश सफा देखिएको र हल्का हावा चलेकाले विहान पौने ९ बजेको तापक्रम झन कम भएको विभागले जनाएको छ । वर्षा भएको अवस्थामा काठमाडौं उपत्यकाको तापक्रम अझै घटेर शून्यसम्म झर्न सक्ने र वर्षा नभए शून्य र एकको बीचमै तापक्रम रहनसक्ने विभागको भनाइ छ ।




सम्बन्धित
Loading...