ad

ट्रष्टमा पत्रकारहरुको सहयोग

91


हरि शर्मा
कावासोती, १८ पुस ः पूर्वी नवलपरासीका पत्रकार स्वर्गीय तीर्थराज भुसालको स्मृतिमा स्थापना गरिएको ट्रष्टमा जिल्लाका पत्रकारहरुले सहयोग रकम प्रदान गरेका छन् ।
पत्रकारिता, शिक्षा, स्वास्थ्य र सामाजिक क्रियाकलापमा सहयोग पु¥याउने उद्देश्यले भुसाल परिवारले ट्रष्टको स्थापना गरेको छ । ट्रष्टमा विभिन्न संघसंस्था र व्यक्तिहरुले सहयोग जुटाउने क्रम बढेको छ । ट्रष्टमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष नारायण शर्माले २५ हजार, क्रियाशिल पत्रकार महिला (डब्लुु.डब्लु.जे.) नवलपरासीले १० हजार, पत्रकार महासंघ नवलपरासीका उपाध्यक्ष हरि शर्माले ५ हजार, महासंघका जिल्ला सचिव राजकुमार रेश्मीले ५ हजार, जिल्ला सदस्य तीर्थराज डुम्रेले ५ हजार सहयोग गरेका छन् ।

त्यसैगरी नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले आफूलाई प्रदान गरिएको ‘पत्रकार स्वर्गीय देवीप्रसाद स्मृति पत्रकारिता पुरस्कार’बाट प्राप्त ५ हजार रकम ट्रष्टलाई हस्तान्तरण गरेका छन् । ट्रष्टका लागि नेपाल पत्रकार महासंघ जिल्ला शाखाले शाखासंग आवद्ध सदस्यहरुबाट जनही एक हजार रुपैयाँ संकलन गर्ने निर्णय गरेको छ । विभिन्न व्यक्तिहरुले घोषणा गरे अनुसार हालसम्म ट्रष्टमा ६ लाख बढी रकम संकलन भएको छ । कावासोती निवासी पत्रकार भुसालले चारवर्ष अघी निजी लगानीमा नवलपुर एफएमको स्थापना गरी जिल्लाको पत्रकारिता क्षेत्रलाई अगाडी बढाउने कार्य गरेका थिए । उनको २०७४ मंसिर २३ गते सडक दुर्घटनामा मृत्यु भएको थियो ।






You might also like
Loading...