बर्दघाटको बाढीपीडितमा हुने शिवपुराण धनधान्याञ्चल महायज्ञको तयारी तीव्र





नवलपरासी (बर्दघाट) २२ पुस ।





नवलपरासीको बर्दघाट नगरपालिका ४ बाढीपीडितमा रहेको उत्पतेश्वर शिवालय मन्दिरमा संचालन हुने शिव पुराण धनधान्याञ्चलको तयारी तिब्र बनाउदै लगिएको छ ।
माघ २७ गते देखि फागुन ७ गतेसम्म संचालन हुने महायज्ञको तयारीका लागि विभिन्न उपसमिति समेत गठन गरेर जिम्मेवारी प्रदान गरिएको छ । आवश्यक व्यवस्थापनका कामहरु समेत सुरु भएको छ ।
महायज्ञको तयारी स्वरुप आइतबार महायज्ञमा कथा प्रवचन गर्नुहुने प्रमुख बाचक बाल ब्यास नारायण न्यौपाने र मुल आयोजक समिति संगै विभिन्न उपसमितिका संयोजकसंग छलफल भएको छ ।
महायज्ञ संचालन गर्ने स्थानको अवलोकन गरी आवश्यक पुर्वाधार निर्माण गर्ने तयारी समेत गरिएको छ ।
प्रचार प्रसारका लागि आवश्यक प्रचार सामाग्रीहरु छपाई गर्ने र विभिन्न संचार माध्यमहरुबाट प्रचार प्रसारलाई तिब्रता दिने समेत निर्णय गरिएको छ । महायज्ञको प्रचार प्रसारका लागि मोटरसाईकल र्याली समेत निकालिने भएको संयोजक केहरसिंह गौतमले बताए ।
महायज्ञमा बढीभन्दा बढी भक्तजनको उपस्थिति बनाउनका लागि विशेष जोड दिईने र महायज्ञलाई एक ठाउ विशेषको भन्दा पनि साझा बनाएर सबैको सहभागिता रहने बताबरण बनाउने तर्फ समितिले विशेष पहल गरिरहेको महासचिव हरिरञ्जन पौडेलले बताए ।
मन्दिरमा १ सय ८ शिवलिङ्ग निर्माण र सुविधा सम्पन्न सभाहल निर्माणका लागि महायज्ञ आयोजना गरिएको हो । आइतबार भएको छलफल कार्यक्रममा नारायण पान्डेय, क्याप्टेन मान बहादुर थापा प्रमुख बाचक बाल ब्यास नारायण न्यौपाने लगायतले आआफ्ना धारणा राखेका थिए ।
कार्यक्रम संयोजक केहरसिंह गौतमको अध्यक्षता महासचिव हरिरञ्जन पौडेलको संचालन र बाल ब्यास नारायण न्यौपानेको संयोजकत्वमा भएको हो ।




सम्बन्धित
Loading...