साहित्यकार विनोदीलाई गैडाकोटमा भव्य नागरिक अभिनन्दन


होमराज रानाभाट,
नवलपरासी (गैडाकोट), २८ पुस ।




समकालिन नेपाली काव्य साहित्यका मुर्धन्य साधक कविवर गोबिन्दराज विनोदीलाई शनिबार पूर्वी नवलपरासकिो गैंडाकोटका बासिन्दाले नागरिक अभिनन्दन गरेका छन् ।
गैंडाकोटमा जन्मेर नेपाली साहित्यमा अनवरत रुपमा अडेर काफलका पात खाएर रेशमको सिर्जना गरिरहेका कविवर बिनोदीलाई आज गैंडाकोटका नागरिकका तर्फबाट भब्य अभिनन्नदन गरिएको छ ।
नेपाली साहित्यमा शैलीभाव र शब्दको माधुर्यका महारथी कविवर विनोदीको घरबाट विहान शोभायात्रा निकाली गैंडाकोटका बिभिन्न क्षेत्रमा परिक्रमा गराई नागरिक अभिनन्दन गरिएको जेष्ठ नागरिक प्रतिष्ठानका अध्यक्ष नारायण प्रसाद तिवारीले बताए ।
कविवर विनोदीले मेरो वर्तमान्, निमर्म निमर्म घडीहरु, आखाँको नानी, छन्द विनोद, अभिश्रान्त, हिमस्पर्श, सृष्टि माथिको दृष्टि, अनुपमा धर्ती, नानीका गीत, वनभोज, शूर्पणखा, कैकयी जस्ता काव्यहरु लेखि नेपाली भाषा साहित्यको क्षेत्रमा श्रीबृद्धिमा पुर्याएको योगदानको मूल्याकंन गर्दै नागरिक अभिनन्नदन गरिएको हो । उनको पछिल्लो कृति कैकयी महाकाव्य निक्कै चर्चित मानिन्छ ।
शनिबार गैंडाकोटमा आयोजित भव्य कार्यक्रममा प्राज्ञ बासुदेब त्रिपाठीले कविवर गोविन्दराज विनोदीलाई नागरिक अभिनन्दन गरिएको हो । कार्यक्रममा प्राज्ञ त्रिपाठीले साहित्यकार विनोदीले साहित्य क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दे यस्ता सर्जकले देशमा साहित्यको विकासमा ठूलो महत्व राख्ने बताए ।
कार्यक्रममा गैंडाकोट नगरपालिकाका अध्यक्ष छत्रराज पौडेलले गैंडाकोटमा जन्मेर नेपालको साहित्यको क्षेत्रमा साहित्यकार गोविन्दराज बिनोदीले पुरयाउनुभएको योगदानको उच्च मुल्याकंन गर्दै यस्ता स्रष्टाका सर्जकहरुलाई राज्यले पनि सम्मान गर्नुपर्नेमा जोड दिए ।







सम्बन्धित
Loading...