नाथ सम्प्रदायको संस्कृति लोप हुदै


रामकरण हरिजन
नवलपरासी, २९ पुुस ।




युवाहरु विदेशीने क्रम बढेसंगै नाथ योगी सम्प्रदायको संस्कृति लोप हुदै गई रहेको छ ।
नाथ योगी सम्प्रदायमा केटाहरु युवा भए पछि धार्मिक विधिद्धारा ब्रतबन्ध गर्ने, ब्रतबन्धका क्रममा कान छेडने, गुरु मन्त्र सुन्ने, गुरु मन्त्र सुने पछि हलो नजोत्ने, माछामासु नखाने, छालाको जुता, पेटी, पाईन्ट शर्ट नलगाउने, सुर्ती चुरोट नखाने, दान लिने, ग्रहदशा हेराउने, गाँउ गाँउमा फेरी लगाउने लगायतका काम गरिने पारम्परिक संस्कार भएको भए पनि आजको समयमा युवाहरु विदेशीने क्रम बढेसंगै नाथ योगीको यो परम्परा हराउदै गएको सुनवल ७ केरवानीका स्थानियवासी रोमनाथ योगिले बताए ।
गोरखनाथ बाबाको चेलाको रुपमा समाजमा अफनै प्रकारको परिचय बनाएका नाथ योगीहरुका परिवारमा आजकल युवाहरुमा अन्य समुदायमा जस्तै युवाहरु विदेशीने क्रम बढेसंगै नाथ सम्प्रदायको पारम्परिक संस्कार एवं संस्कृति लोप हुदै गएको सरोकारवालाहरुको भनाई रहेको छ ।
कान चिरुवा योगिको रुपमा सामाजिक परिचय बनाएका नाथ योगि सम्प्रदायमा विधिवत रुपमा मन्त्र सुने पछि सामाजिक सेवा भावका आधारमा समाजमा हुने समस्याको समाधानका लागि पुस माध महिनामा गाउका प्रत्येक क्षेत्रमा रातीको समयमा फेरी लगाउने (रातीको समयमा सबैको घर अगाडी शंख बजाउदै सामाजिक स्वाश्थ्य शान्तिका लागि मन्त्र जाप गर्ने) प्रचलन आजकल कम हुदै गएको योगि रोम नाथले बताउनु भयो । योगी रोमनाथका अनुसार आजकल नाथ समुदायका युवाहरु पुरानो आस्थामा नरहेको अवश्थामा समाजमा पनि नाथ समुदायको प्रचालनको बारेमा जानकारी घटदै गएका कारण नाथ सम्प्रदायले समाजमा गर्ने सामाजिक कामको पनि मूल्यांकन घटदै गएको पाईएको छ ।
पहिल पहिला गाउका मानिसहरुले नै हाम्रो गाउमा पनि फेरी लगाईदिनु भन्दै बोलाउने गरेको सम्फनु हुन्छ भने आजकल फेरी लगाउने विषयमा मानिसहरु केही जानकारी न भएको पाईएको नाथ सम्प्रदायमा अगुवा रोमनाथ योगिले बताए । आजकल नाथ समुदायका युवाहरुले अन्य समुदायका युवाहरु जस्तै बैदेशिक रोजगारी विदेश जाने प्रजलन बढेर नाथ समुदायको परम्परा धान्ने मानिसको अभाव हुदै गएको बताईएको छ ।
रातीको समयमा गाँउ गाँउमा फेरि लगाउदा गाँउ गाँउमा चोरी नहुने रखवारी हुने भएको भन्दै कतिपय समुदायका मानिसहरुले आपूmहरुलाई बोलाएर नै भेटि दिने गरेको रोमनाथले बताए ।
पृथ्वीनारायण शाहको पालादेखि यो नाथ समुदायले समाजमा फेरी लगाउने प्रचलन चलेको भए पनि अहिले युवाहरु विदेशिने विदेशी संस्कृतिको सिको गर्ने प्रबृत्तिले गर्दा फेरी लगाउने संस्कृति, फेरिमा भनिने मन्त्र, लगाउने पहिरन लगायतका संस्कार र संस्कृति लोप हुदै गएको र यसको संरक्षणको कुनै प्रयास नभएको समाजशासस्त्रका विज्ञ डा. शिवशंकर बस्यालले बताए ।







सम्बन्धित
Loading...