ad

प्रस्तावित राजदूत अधिकारी र ढकालको सुनुवाइ आज

114

काठमाडौं । सरकारबाट प्रस्तावित दुई जना राजदूतको आज सुनुवाइ हुँदैछ । फ्रान्सका लागि प्रस्तावित आवासीय राजदूत दीपक अधिकारी र थाइल्याण्डका लागि प्रस्तावित राजदूत गणेशप्रसाद ढकालको आज सुनुवाइ हुन लागेको हो ।


सुनुवाइका लागि बिहान ११ बजे संसदीय सुनुवाई विशेष समितिको बैठक बोलाइएको छ ।

गत पुस ६ गते र ९ गते बसेको मन्त्रिपरिषद् बैठकले ढकाल र अधिकारीसहित पाँच जनालाई विभिन्न देश तथा नियोगका लागि राजदूत सिफारिस गरेको थियो । तर पाँचै जनाविरुद्ध एउटा पनि उजुरी परेको छैन । त्यसैले सीधै सुनुवाइ गर्न पहिलो चरणमा अधिकारी र ढकाललाई आजको बैठकमा बोलाइएको समितिका उपसचिव केशव अर्यालले जानकारी दिए ।




आजको बैठकमा अधिकारी र ढकालले आफ्नो कार्ययोजना पेश गर्ने र त्यसमा छलफल हुने कार्यक्रम छ । उपसचिव अर्यालले भने, ‘प्रस्तावित राजदूतहरुले आफ्नो कार्ययोजना प्रस्तुत गरेपछि माननीयहरुबाट त्यसमा जिज्ञासा राख्ने, थप प्रष्ट हुने र सुझाव दिने लगायतका काम हुन्छ ।’



You might also like
Loading...