ad

दुई सय २६ जनाकाे अाँखाजाच

0 217


प्रेमध्वज गाहा ,
कावासाेती ४ माघ ।
कुमारी नीजि शैक्षिक गुठी कावासोती ४ र नेत्रज्योति सँघ नवलपुरको सँयुक्त आयोजना तथा भरतपुर आँखा अस्पताल चितवनको प्राबिधिक सहयोगमा बिहिबारदेखी सुरु भएको निशुल्क आँखा शिबिरको दोस्रो दिन शुक्रबार ३२६ जना बिरामीको आंखा परिक्षण गरिएको छ । शुक्रबार ,कावासोती १३ को गैरी स्थित नमुना सामुदायिक बनको सभाहल र कावासोती १५ स्थित गोडारको वडाकार्यालय भवनमा आँखा सम्बन्धि समस्यायुक्त बिरामीहरुको परीक्षण गरिएको हो । परिक्षण गरिएका मध्ये ७८ जनामा मोतियाबिन्दु देखिएको र उनिहरुको आगामी ८ गते प्रस्तावित कुमारी अस्पताल गुम्बा चोक कावासोतिमा निशुल्क शल्यक्रिया गरिने कुमारी नीजी शैक्षिक गुठिका योजना तथा लेखा प्रमुख दीपकलाल श्रेष्ठले जानकारी दिनुभयो। त्यस्तै गरी तेस्रो दिन शनिबार देबचुली ६ किर्तिपुर र रजहर हेल्थपोष्टमा शिबिर सञ्चालन हुने छ । चौथो दिन आइतबारका दिन भने देउराली हेल्थपोष्ट झ्यालबास र हुप्सेकोट ६ मौलाथरमा शिबिर हुने जनाइएको छ ।
माघ ७, ८ , ९ र १० गते प्रस्ताबित कुमारी अष्पताल गुम्बा चौक कावासोतीमा निशुल्क आँखा परिक्षण , औषधी बितरण तथा शल्यक्रिया समेत गरिने आयोजक सँस्था कुमारी निजि शैक्षिक गुठीका अध्यक्ष नर बहादुर ठाडा मगरले जानकारी दिए।
शिबिर , कावासोती नगरपालिका, देबचुली नगरपालिका , मध्यबिन्दु नगरपालिका, हुप्सेकोट गाउँपालिका र बिनयी त्रिबेणी गाउँपालिकाको सहयोगमा सञ्चालन गरिएको हो । कुमारी निजी शैक्षिक गुठीले आफ्नो स्थापनाकाल देखी नै शिक्षा र स्वास्थ्यको क्षेत्रमा बिबिध सामाजिक सेवाका कार्यक्रमहरुका साथै सामुदायिक बिकासका कार्यक्रमहरु पनि सन्चालन गर्दै आइरहेको छ ।






You might also like
Loading...