ad

तीन बर्षमा हुप्सेकोट गाउँपालिका बालमैत्री हुने

316


कावासोती । हुप्सेकोट गाउँपालिकालाई आगामी तीन वर्षभित्र पूर्ण बालमैत्री गाउँपालिका घोषणा गरिने भएको छ । आगामी २०७८ असार मसान्त भित्र पुर्ण बाल मैत्री गाँउपालिका घोषण गर्ने लक्ष्यका साथ कार्य थालनी गरिएको छ ।
हुप्सेकोट गाँउपालिकालाइृ पुर्ण बालमैत्री घोषणा गर्न २ दिने बालमैत्री स्थानिय सासन सम्वन्धि अभिमुखीकरण कार्यक्रमसमेत आज सम्पन्न गरेको छ ।
दुई दिन सम्म चलेको अभिमुखीकरण कार्यक्रमले बाल अधिकार, बालमैत्री स्थानिय सासन अवधारण र यसका सुचकहरु अवलम्वन विधिको बारेमा बृस्तृत छलफल गरी गाँउपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेको संयोजकत्वमा १५ सदस्य गाँउपालिका स्तरीय बालमैत्री स्थानिय सासन समिति समेत गठन गरेको छ ।
गोष्ठीले आगामी असार मसान्तसम्म सक्ने गरी ८ बुँदे कार्ययोजना तय समेत गरेको बालअधिकारकमी तेज प्रसाद पाण्डेले जानकारी दिए ।
गोष्ठीले २०७८ मसान्त सम्म बालमैत्री घोषण गर्न शिक्षा संयोजक टंकनाथ ढकालको संयोजकत्वमा ५ सदस्य कार्यदल समेत गठन गरेको छ ।
गाँउपालिका पदाधिकारी, कर्मचारी, बाल प्रतिनिधि स्वास्थ्यकर्मी सहित ६५ जनाको सहभागीता रहेको गोष्ठीमा बेस डेभलपमेन्ट कन्सलटेन्सीका शालिकराम पाण्डे, र सालिकराम पोख्रेलले सहजीकरण गरेका थिए ।
गाँउपालिका अध्यक्ष लक्ष्मी पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा हुप्सेकोट गाँउपालिका वडाअध्यक्ष छविलाल मिदुन,सरस्वती सस्कृत मा.वि.का प्रधानाध्यापक ऋषिराम पौडेल र बाल प्रतिनिधि पुर्णबहादुर अस्लामीले मन्तव्य राखेका थिए ।



You might also like
Loading...