पार्टीमा छाडातन्त्र मौलायो : देउवा
दमौली — कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा छाडातन्त्र मौलाएको भन्दै अब छिट्टै अनुशासन समिति बनाएर त्यसलाई अन्त्य गर्ने बताएका छन् । कांग्रेस तनहुँले दमौलीमा आइतबार गरेको कार्यकर्ता भेटघाटमा देउवाले पार्टीको अनुशासनभन्दा बाहिर गएर कसैले पनि काम गर्न नहुनेमा जोड दिए ।
उनले पार्टीलाई एक ढिक्का बनाएर लैजाने उद्घोष पनि गरे । ‘गुटउपगुटले पार्टीलाई क्षति पुर्याएको छ’, उनले भने, ‘महासमिति बैठकले पार्टीलाई एक ढिक्का बनाएको सन्देश दिएका छौं ।’ पार्टीमा एक ढिक्का भए काङ्ग्रेसलाई कसैले पनि पराजित गर्न नसक्ने उनले जिकिर गरे ।