बालबालिकालाई सभ्य नागरिक बनाउँः सांसद लामिछाने

कावासोती । गण्डकी प्रदेश सांसद विष्णु लामिछानेले बालबालिकालाइ कस्तो नागरिक बनाउने भन्ने जिम्मा उ अध्ययनरत विद्यालय, घर परिवार र समाजमा निर्भर रहने बताएका छन् ।
नेपाल शान्ति मा.वि., हुप्सेकोट को ३० औं वार्षिकोत्सब कार्यक्रममा बोल्दै लामिछानेले बालबालिका काँचो माटो भएकाले तिनीहरुलाई राम्रो बनाउने काम शिक्षक अभिभावक दुबैको भएको बताए ।
उनले भने – उनीहरुलाइ जुन किसिमको वातावरणमा राखेर जस्तो शिक्षा दियो त्यस्तै हुन्छन् । यसैले बालबालिका लाइ सभ्य नागरिक बनाउने दायित्व हामी सबैको रहेको समेत उनले बताए ।
यसैगरी कार्यक्रमका नेपाली कांग्रेसका नेता एवं समाजसेवी विष्णु कार्कीले सरकारले शिक्षा क्षेत्रमा ठूलो लगानी गरे पनि सरकारको लगानी उचित ठाउमा सदुपयोग हुन नसकेको गुनासो गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालचन्द्र लामिछानेको अध्यक्षतामा भएका थिए ।
कार्यक्रममा हुप्सेकोट गाउंपालिकाका अध्यक्ष लक्ष्मी पाण्डे, हुप्सेकोट गाँउपालिका वडा नं. ३ का अध्यक्ष छविलाल मिथुन, हुप्सेकोट गाँउपालिका शिक्षा स्रोत व्यक्ति टंकनाथ ढकाल, नेपाली कांग्रेसका नेता एवं समाजसेवी विष्णु कार्की लगायतको सहभागिता रहको थियो ।
विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका प्रधानाध्यापक सुर्य प्रसाद भण्डारीले एस.इ.इ. नतिजाको आधारमा शान्ति मावि हुप्सेकोट गाउपालिकाकै प्रथम हुन सफल भएको समेत बताए ।
विभिन्न कार्यक्रममा उत्कृष्ट हुन सफल विद्यार्थी लाइ पुरस्कृत साथै कक्षा १० का विषय शिक्षकहरुलाइ सम्मान समेत गरीएको थियो । कार्यक्रममा विद्याथीहरुले आफ्नो प्रतिभा समेत प्रस्तुत गरेका थिए ।





सम्बन्धित
Loading...