भारतले मिचिएको भूमिमा विद्यार्थीले लगाएको काँडेतार प्रहरीले हटायो


चितवन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका विद्यार्थी संगठन अखिल क्रान्तिकारीले पश्चिम चितवनको माडी नगरपालिकास्थित नेपाल–भारत सीमा क्षेत्रमा लगाएको काँडेतार प्रहरीले हटाएको छ ।




मर्चरीकुटीमा रहेको नाचनचरीको पिलर नम्बर ४५२ र ४५ नजिक भारतद्वारा मिचिएको नेपाली भूभागमा मंगलवार काँडेतार लगाइएको थियो ।

अखिल क्रान्तिकारीको केन्द्रीय समितिले लगाएको काँडेतारको बार झन्डै ३० मिटर लामो रहेको अखिल क्रान्तिकारीका अध्यक्ष चिरन्जीवी ढकालले जानकारी दिए । तर प्रहरीले मंगलवार राति नै काँडेतार हटाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरिक्षक सुशील सिंह राठौरले जानकारी दिए ।




भारतले चितवनको माडीलगायत देशका ७१ स्थानमा ७८ हजार हेक्टरभन्दा बढी जमिन मिचिरहेको भन्दै आक्रोशित भनेका क्रान्तिकारीले मर्चरीकुटीमा रहेको नाचनचरीको पिलर नम्बर ४५ नजिक काँडेतार लगाएको थियो ।




सम्बन्धित
Loading...