ad

सुनवलमा पनि औद्योगिक ब्यापार मेला हुने

232

नवलपरासी (सुनवल) । नवलपरासीको सुनवलमा पनि औद्योगिक व्यापार मेला हुने भएको छ । माघ १७ गते देखि २८ गते हुने मेला सुनवल नगरपालिका १३ बडेरा शहिद स्मृती रंगशालामा हुने छ ।
कृषी पर्यटन उद्योग र व्यापार राष्ट निर्माणको बलियो आधार, लोक कला सस्कृतीको जगेर्ना गरौँ भन्ने मुल नाराका साथ सुनवलमा प्रथम औधोगिक ब्यापार मेला एवं लोक सस्कृतीक पर्यटन महोत्सव २०७५ हुन थालेको हो ।
उद्योग बाणिज्य संघ सुनवल, राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नवलपरासीको सयुक्त आयोजनामा महोत्सव हुने भएको उद्योग बाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्यले बताए ।
प्रतिष्ठानका अध्यक्ष भरत क्षेत्रीले लोक संस्कृति, जातजातिका भेषभुषा रहनसहनको संरक्षण गर्दै स्थानीय स्तरका उत्पादनलाई राष्ट्रिय स्तरसम्म प्रवद्र्धन गर्नका लागि मेला आयोजना गरिएको बताए ।
महोत्सवको उपराष्ट्रपति नन्दकिशोर पुनले उद्घाटन गर्ने छन् । मेला अवधीभर हरेक दिन फरक फरक जात जातिको सांस्कृतिक कार्यक्रम प्रस्तुत गरीने र महोत्सव स्थलमा विभिन्न जात जातिका पहिचान झल्किने घरहरु निर्माण गरी जातजातिहरुका खाजा तथा खानाका परिकारहरु समेत राखिने आयोजकले जनाएको छ । ्
मौलिक लिङ्गे पिङ र चर्खे पिङ्ग संगै बाल उद्ययन, घोडा, उट सवारसंगै मनोरम पोखरीमा डुङ्गा सयरको आनन्द लिन सकिने छ ।




You might also like
Loading...