एक दिवसीय सिरिज: यूएईको सामना गर्दै नेपाल, हेड टू हेडमा यूएई हावी


काठमाडौं । नेपाल र युएईबीचको पहिलो एकदिवसीय सिरिज आजबाट शुरु हुँदै छ । खेल नेपाली समय अनुसार आज सवा ११ बजेबाट खेल शुरुहुने छ । आईसीसीबाट एकदिवसीय मान्यता दिएपछि दोस्रो सिरीज खेल्न नेपाली टिम गत मंलबार युएई पुगेको थियो । बुधबार र विहीबार नेपाली टिमले अभ्यास गरेको छ ।




सिरीजको पूर्व सन्ध्यामा नेपालका कप्तान पारस खड्का र युएईका कप्तान मोहमद नाभिदले ट्रफी सार्वजनिक गरेका थिए । विगतको खेल नजितालाई हेर्ने हो भने यूएई नेपालविरुद्ध हावी हुँदै आएको छ । हालसम्म यूएईले नेपालसँग १५ वटा एकदिवसीय खेल खेलेको छ जसमा नेपालले जम्मा तीन खेल मात्र आफ्नो पक्षमा पार्न सफल भएको थियो भने एक खेल बराबरीमा रोक्न सफल भएको थियो ।

नेपालले यूएई रहँदासम्म तनी एक दिवसीय र तीन टी–२० खेल खेल्नेछ । नेपालले आफ्नो दोस्रो एकदिवसीय खेल शनिबार र तेस्रो खेल माघ १४ गते सोमबार खेल्नेछ । त्यसैगरी माघ १७, १८ र २० मा टी–२० खेल्नेछ । आइसीसीबाट एकदिवसीय मान्यता पाएपछि नेपालले नेदरल्याण्डसँग पहिलो एकदिवसीय सिरिज खेलेको थियो जुन सिरिज एक–एकको बराबरी सकिएको थियो ।




नेपाली टोलीमा को को ?
नेपाली टोलीमा पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, बसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललितनारायण राजवंशी,आरिफ शेख,रोहितकुमार पौडेल, प्रदीप ऐरी, सोमपाल कामी, विनोद भण्डारी, भीम सार्की, अविनाश बोहरा, पवन सर्राफ र सन्दीप जोरा रहेका छन् ।

यूएईविरुद्ध विगतमा नेपाल

१. एसीसी ट्रफी, १९९८ अक्टोबर ८
युएई २२२–१०, ४९.४ ओभर
नेपाल १२८–१०, ३८.१ ओभर
युएई ९४ रनले विजयी

२. एसीसी ट्रफी, २००० नोभेम्बर १५
नेपाल १७९–१०, ४९.५ ओभर
युएई १८०–९, ४९.३ ओभर
युएई एक विकेटले विजयी

३. एसीसी ट्रफी, २००२ जुलाई १६
नेपाल १५९–९, ५० ओभर
युएई १६२–४, ४४.४ ओभर
युएई ६ विकेटले विजयी

४. एसीसी ट्रफी, २००२ जुलाई २१
नेपाल १८४–१०, ५० ओभर
युएई १८५–४, ३८.२ ओभर
युएई ६ विकेटले विजयी

५. एसीसी ट्रफी २००६, अगष्ट २४ सेमिफाइनल
नेपाल १०३–१०, ३७ ओभर
युएई १०५–१, २०.३ ओभर
युएई नौ विकेटले विजयी

६. एसीसी ट्रफी एलिट
नेपाल १६६–१०, ४७.३ ओभर
युएई १७२–४, ४५.४ ओभर
युएई ४ विकेटले विजयी

७. एसीसी ट्रफी एलिट, २०१२ अक्टोबर ३
युएई १३३–१०, ४०.५ ओभर
नेपाल १३४–६, ४५.२ ओभर
नेपाल चार विकेटले विजयी

८. एसीसी ट्रफी एलिट २०१२, अक्टोबर १२ फाइनल
युएई २४१–६, ५० ओभर
नेपाल २४१–९, ५० ओभर
खेल बराबर

९. एसीसी प्रिमियर लिग, २०१४ मे १
युएई १९१–१०, ४८.१ ओभर
नेपाल १९५–६, ३९.५ ओभर
नेपाल चार विकेटले विजयी

१०. आईसीसी विश्वकप छनोट (लिस्ट ए)
जनवरी १३, २०१४
युएई २९७–८, ५० ओभर
नेपाल १९५–१०, ४८.१ ओभर
युएई १०२ रनले विजयी

११. आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप (लिस्ट ए)
२०१७, डिसेम्बर ६
नेपाल २२१–६, ५० ओभर
युएई २२५–३, ४५.५ ओभर
युएई ७ विकेटले पराजित

१२. आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप (लिस्ट ए)
डिसेम्बर ८, २०१७
युएई १९५–१०, ४९.२ ओभर
नेपाल १३२–१०, ४२.२ ओभर
युएई ६३ रनले विजयी

१३. आईसीसी विश्व क्रिकेट लिग डिभिजन २
फेब्रुअरी ११, २०१८
युएई ११४–१०, ३१ ओभर
नेपाल ११५–६, २८.५ ओभर
नेपाल चार विकेटले विजयी

१४. आईसीसी विश्व क्रिकेट लिग डिभिजन २
फेब्रुअरी १५, २०१८
युएई २७७–४, ५० ओभर
नेपाल २७०–८, ५० ओभर
युएई सात रनले विजयी

१५. एसिया कप छनोट २०१८
युएई २५४–९, ५० ओभर
नेपाल १७६–१०, ४८.५ ओभर
युएई ७८ रनले विजयी




सम्बन्धित
Loading...