ad

चार जना फरार अभियुक्त पक्राउ

149

संजय तिवारी, 
परासी, १३ माघ । जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमले विभिन्न मुद्दामा फरार रहेका चार जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नावय उपरीक्षक वीरेन्द्र थापाका अनुसार प्रहरीले जिल्ला अदालतबाट दोषी ठहर भई फरार रहेका चार जनालाई पक्राउ गरी कारवाहीका लागि अदालत बुझाएको हो ।
पक्राउ पर्नेमा डाँका मुद्दाका २ जना, बहुविवाह मुद्दाका १ जना र जबरजस्ती करणी मुद्दाका १ जना गरी चार जना रहेका छन् ।
डिएसपी थापाका अनुसार ६ बर्ष कैद र ५ हजार ८ सय ५० रुपैयाँ जरिवाना फैसाला भएका डाका मुद्दामा फरार अभियुक्त नवलपरासीको बर्दघाट नगरपालिका ५ बस्ने डल्ल भन्ने मस्तद्धिन मिया, त्यसैगरी सोही सजाय फैसाला भएका सोही ठाउँका विकास भन्ने कमल रोक्का पक्राउ परेका छन् ।
त्यसैगरी बहुविवाहमा १ बर्ष कैद र ५ हजार जरिवाना फैसाला भएका बर्दघाट २ का मनबहादुर राना र जबरजस्ती करणीमा ५ बर्ष कैद सजाय पाएका बर्दघाट २ का सानु भन्ने टोलमान गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई आवश्यक कारवाहीको लागि आइतबार जिल्ला अदालत पेश गरिएको उनले बताए ।

 




You might also like
Loading...