काँग्रेसको अवरोधकाबीच चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभाबाट पनि बहुमतले पारित


काठमाडौँ । बहुचर्चित ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ सोमबार राष्ट्रिय सभाबाट पनि बहुमतले पारित भएको छ ।
राष्ट्रियसभाको बैठकले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ । काँग्रेसको अवरोधको बीच सोमबार बसेको दोस्रो वैठकमा यो विधयक पारित भएको हो ।
प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका बीच उक्त विधेयक सम्बन्धी प्रस्ताव बहुमतले स्वीकृत भएको छ । सोमबारको दोस्रो बैठक शुरु हुनेवित्तिकै नेपाली काङ्ग्रेसका सांसद आ–आफ्ना स्थानबाट उठेर बैठकलाई अवरोध गरेका थिए ।
सोमबारको दोेस्रो बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ माथि विचार गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
काँग्रेसका तर्फबाट सांसद राधेश्याम अधिकारीले संसदीय मर्यादा विपरीत सरकारले चिकित्सा विधेयक अघि बढाएकाले बताए ।
उनले सोही विषयलाई लिएर अनशनरत डा गोविन्द केसीको स्वास्थ्य सरोकारका विषयमा सरकारले चासो नदिएको भन्दै तत्काल वार्ताटोली गठन गरी वार्ता प्रक्रिया शुरु गर्न आग्रह गरे ।
राष्ट्रियसभाको अर्काे बैठक यही माघ १७ गते बिहीबार दिउँसो २ बजे पुनः बस्ने जनाइएको छ ।







सम्बन्धित
Loading...