“राेल्पाली सानु टु” म्युजिक भिडियाे सार्वजनिक ॥





राम अवतार चाैधरी
     नेपाली गीत संगितलाई निकै माया गर्दै अाएका विकास पुन मगरकाे सुमधुर अावाजमा सजिएकाे “राेल्पाली सानु टु” नामक म्युजिक भिडियो सार्वजनिक भएकाे छ ।



     विगत ५ बर्ष देखि निरन्तर सांगीतिक क्षेत्रमा भविष्य खाेज्दै अाईरहेका जिल्लाकाे शिवराज न.पा-३, धनगढ्वा निवासी चर्चित गायक तथा माेडल पुन मगरले हाल अाफ्नै स्वरमा रहेकाे साे म्युजिक भिडियो युटूव च्यानल अाेएसअार डिजिटलद्वारा लामाे समयकाे अन्तराल पछि सार्वजनिक गर्न सफल भएका पुनले बताएका छन् ।
     उक्त म्युजिक भिडियोकाे अावाजमा विकास पुन मगर रहेका छन् भने महेश विक्रम पाण्डेकाे संगित रहेकाे छ । यसैगरी काेरियाे ग्राफी र डायन्स जस्ट डायन्स क्रिउ(जेडिसी) काे रहेकाे छ, भने छायांकनमा रमा राना, विशाल जंग क्षेत्री, महेन्द्र पुन, अक्षय थारु र अाकाश अाचार्य लगायत रहेका छन् । साथै निर्देशन अाशिष थापाले गरेका छन् भने क्यमरा मेन अरूण सुनार रहेका छन् ।
     त्यसैगरी नेपाली अाधुनिक गीत “सयाैं जुनी”, “दुई दिने जीवन”, “विछाेडकाे पिडा” र तीज गीत “दाईकी साली” लगायतका गीतबाट निकै चर्चा कमाएका बताउँदै पुनले हाल सम्म दर्जनाैं गीतमा संगित दिने देखि लिएर गायन तथा माेडलिङ गर्दै अाएका उनले बताएका छन् ।

     गायक तथा माेडल पुन मगरले सांगीतिक क्षेत्रमा रहेर अाफ्नाे जीविकोपार्जन गर्न कठिन तथा अार्थिक अवस्था कमजोर बन्दै गाएका कारण अाफू विदेशीनु परेकाे बाध्यता रहेका बताएका छन् । हाल भने पुन अहिले कुवेतमा पसिना बगाउँदै अाए त पनि गीत संगितलाई निकै मायासँगै निरन्तरता दिँदै अाएका पुनले बताएका छन् । गायक भन्न सजिलो तर बन्न गाह्राे भएको उनि बताउँछन् । सुरु सुरुमा स्टुडियो पनि नचिनेको र साङ्गितिक क्षेत्रमा काम गर्दा आफ्नै मान्छे बाट पनि ठगिएको गायक पुनले बताएका छन् ।
     यसैबीच गायक पुनले तराईमा आफ्नो जन्म थलो भएका र थारु समुदायका साथी भाईसंग नजिक भएका कारण थारु गीत “आजके दिन आजके रात” भन्ने अावाजमा पनि अाफूले संगित दिएको उनि बताएका छन् । पुन मगरले हाल अाफू मरूभुमिमा पसिना बगाउँदै अाए पनि मेराे गीत संगितका काम अार्थिक समस्यले गर्दा थप्प रहेकाे र पनि केही समय पछि सञ्चालनमा अाउने बताउँदै कर्मथलो मरुभुमी भए पनि प्यारो जन्म भुमि नेपाललाई कहिल्यै विर्सन नसक्ने समेत उनले बताएका छन् ।
https://youtu.be/RPTbjxSI44Y
https://www.youtube.com/watch?v=RPTbjxSI44Y&feature=youtu.be



सम्बन्धित
Loading...