ad

पिप्रहर होम स्टेमा होम स्टे सञ्चालकहरुको राष्ट्रिय सम्मेलन हुने

117


नवलपरासी, १५ माघ ।

नवलपरासीमा होम स्टे (घरबास) एशोसिएसन नेपालको दोस्रो राष्ट्रिय कार्यशाला गोष्ठी एवम् सम्मेलन हुने भएको छ ।
मंगलबार रजहरको पिप्रहर होम स्टेमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार सम्मेलन माघ १८ देखि २० गतेसम्म गरी ३ दिन चल्ने छ ।
सम्मेलनले नयाँ कार्य समिति चयन गर्नुका साथै होम स्टे सञ्चालन कार्यविधिमाथि छलफल पनि गर्ने छ ।
नेपालामा अहिले १ सय ५९ वटा सामुदायिक र १ सय १६ वटा निजी होम स्टे गरी २ सय ७५ वटा होम स्टे सञ्चालनमा रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
सम्मेलनमा एउटा समूहको ५ घर होम स्टे बराबर एक जना प्रतिनिधि सहभागी हुन पाउने र देशभरबाट ४ सय ५२ जना प्रतिनिधि सहभागी हुने जनाइएको छ ।
पत्रकार सम्मेलनमा एशोसिशनका महासचिव प्रेमशंकर मर्दनियाले होम स्टे सञ्चालन भएको क्षेत्रमा होम स्टेकै कारण त्यस क्षेत्रका बासिन्दाहरुको जीवन स्तरमा निक्कै परिवर्तन आएको बताए ।
दोस्रो राष्ट्रिय सम्मेलन उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोख्रेलले गर्ने कार्यक्रम रहेको छ ।






You might also like
Loading...