ad

जनकल्याण माविमा एक लाखको अक्षयकोष स्थापना

94

कावासोती, १७ माघ ।
कावासोती नगरपालिका ९ मा रहेको जनकल्याण माविमा नवत्रिवेणी बहुमुखी सहकारी संस्थाले एक लाखको अक्षयकोष स्थापना गरेकोछ ।
विहीबार एक कार्यक्रमको आयोजना गरी उक्त रकम हस्तान्तरण गरेका हुन् ।
नवत्रिवेणी बहुमुखी सहकारी संस्थाका अध्यक्ष घनश्याम चापागाईले उक्त अक्षयकोषको रकम हस्तान्तरण गरेका हुन् ।
जनकल्याण माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सीता कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा दुर्गा रिजाल, गाविन्द घिमिरे, शशिघर भण्डारी लगायतले बोलेका थिए ।
उक्त सहकारीले बर्षेनी एउटा सामुदायिक विद्यालयमा एक लाखको अक्षयकोष स्थापना गरिदिने बार्षिक कार्यक्रम अनुसार अक्षय कोष स्थापना गरिएको सहकारीका व्यवस्थापक नारायण पौडेलले बताए ।


यसैबीच जीवन ज्योति मावि कावासोतीको बार्षिकोत्सव माघ २७ गते मनाइने भएको छ ।
विहीबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षतामा बसेको वैठकले बार्षिकोत्सवका लागि विभिन्न उपसमितिहरु समेत गठन गरेको छ ।



You might also like
Loading...