नवलपरासीमा बसले ठक्कर दिदाँ मोटरसाईकल चालक गम्भिर घाईते


सहबान अन्सारी




परासी, १७ माघ । नवलपरासीको प्रतापपुर गाऊपालिका वडा नं ७ गुठी सुर्यपुरामा बसले ठक्कर दिदाँ मोटरसाईकल चालक गम्भिर घाईते भएका छन ।
आज दिउसो झुलनीपुर त्रिबेणी सडक खण्ड अन्तर्गत झुलनीपुर देखी त्रिबेणी जादै गरेको लु १ख ३७६६ नम्बरको बसले बिपरित दिशा बाट आऊदै गरेको यु.पी.५६ बी ५६९५ नम्बरको मोटरसाईकललाई ठक्कर दिदाँ मोटरसाईकल चालक प्रतापपुर गाऊपालिका वडा नं ६ बस्ने २५ बर्षिय अवधेश यादव गम्भिर घाईते भएका छन ।
गम्भिर घाईते भएका यादवलाई उपचारकोलागी सहिद स्मृति सामुदायिक अस्पताल चैपत्ता पठाईएको गुठी परसौनी प्रहरी चौकीका ईन्चार्ज घनश्याम रिमालले जानकारी दिनु भयो।
दुईटै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेपनि चालक फरार रहेको प्रहरीले जनाएको छ ।




सम्बन्धित
Loading...