नवलपुर महोत्सवमा छमछमी नाँचे काँग्रेस महामन्त्री शशांक


नवलपरासी, २१ माघ । नवलपुर महोत्सवको पाँचौ दिन सोमबार कार्यक्रममा प्रमुख अतिथि बन्न पुगेका काँग्रेस महामन्त्री डा. शशांक कोइराला कार्यक्रममा कलाकारहरुसँग उत्साहका साथ नाचेका छन् ।




कावासोतीमा भएको विरोध सभा पछि महोत्सव पुगेका डा. कोइराला कलाकार अर्जुन सापकोटासँग नाचेका हुन् । उनीसँगै गण्डकी प्रदेशका सांसद कृष्णचन्द्र नेपाली लगायतका नेपाली काँग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरु सामुहिक रुपमा नाचेका थिए ।

पाँचौ दिनको सािितक कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला रहेका थिए । गायक सापकोटाले गीत गाउदा कांग्रेस महामन्त्री कोइराला सहित अतिथिहरु नाचेका थिए । डा. कोइराला नाच्दा मञ्चमा ठूलै हाँसो पनि छाएको थियो ।




पाँचौ नवलपुर महोत्सवको पाँचौ दिन सोमबार दर्शकहरुलाई गायक प्रकाश सपुतले भरपुर मनोरञ्जन दिएका थिए ।

उनीसँगै कला लम्साल, शीला भट्टराई, अर्जुन सापकोटा, हिमकुमार थापालगायत स्थानीय कलाकारहरुले थप मनोरन्जन प्रदान गरेका थिए । नवलपुरका मात्र नभै छिमेकी जिल्ला चितवन र पश्चिम नवलपरासीबाट पनि अवलोकनकर्ताहरु कावासोती आएका थिए ।

महोत्सवमा २८० बढी स्टलहरुमा कृषि तथा हस्तकला प्रर्दशनी, बालउद्यान, सूचना प्रविधि, अटो मोबाइल्स प्रदर्शनी प्रमुख आकर्षणका रुपमा रहेका छन् । माघ २७ गतेसम्म चल्ने महोत्सवमा करिब सात करोड रुपैयाँको आर्थिक कारोबार हुनुका साथै तीन लाख ५० हजार बढी दर्शकहरुले महोत्सवको प्रत्यक्ष अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

त्यसैगरी सुनवलमा जारी प्रथम औधोगिक ब्यापार मेला एवं लोक सांस्कृतिक पर्यटन महोत्सवमा पांचौ दिन पनि दर्शकहरुको उत्साहजनक उपस्थिति रहेको थियो ।

महोत्सवमा सोमबार चर्चित लोक तथा दोहोरी गायिका पूर्णकला विसिको बेजोड प्रस्तुती रहेको थियो । लोक गायक मनोज सिं धामी र गायक चिरञ्जिवी भण्डारीले पनि दर्शकलाई रमाईलो गराएका थिए । जातिय संस्कृति अन्तरगत सोमबार थारु जातिका विभिन्न संस्कृतिलाई प्रदर्शन गरिएको थियो ।

महोत्सव स्थल संगै रहेको पोखरीमा डुंगा सयर गर्नेहरुको भीड पनि दिन प्रतिदिन बढ्दै गैरहेको छ भने लि·े पिङमा मच्चिदै आनन्द लिनेको संख्या समेत उल्लेखनीय रहेको छ ।




सम्बन्धित
Loading...