भ्रष्टचारीलाई सिलसिलाबद्ध कारवाही गरिन्छः गजुरेल


नवलपरासी, २७ माघ ।




देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष एवम् नेकपा क्रान्तिकारी माओवादीका स्थायी कमिटि सदस्य सिपी गजुरेलले देशमा व्याप्त भ्रष्टचार नियन्त्रणका लागि भ्रष्टचारीहरुलाई थालिएको कारवाहीलाई निरन्तरता दिने जनाएका छन् ।
आइतबार नवलपरासीको चोरमारामा क्रान्तिकारी युवा लिग (आरवाईएल) को प्रदेश स्तरीय प्रशिक्षणको उद्घाटन गर्दै उनले यस्तो भनेका हुन् ।
उनले भने – अब भ्रष्टचारीलाई कारवाही गर्ने अभियान थालिएको छ यो अगाडि बढिरहने छ ।

क्रान्तिकारी माओवादीको नेता गजुरेलले देशले संघर्ष मागेकोले पार्टीले संघर्ष थालेको र मेचीमहाकाली अभियान थालेको पनि बताए । उनले सरकार निकम्पा भएको र त्यसको विरुद्ध देशव्यापी आन्दोलन थाल्नुको विकल्प नभएको बताए ।
उनले कम्युनिष्ट नामको सरकार आए पनि जनताको मुद्दा कही कतै समेट्न नसकेको आरोप समेत लगाए ।
उत्तम थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन खड्कबहादुर बाह्र घरेले गरेका थिए ।
प्रशिक्षण उद्घाटन कार्यक्रममा पार्टी पालिटव्युरो सदस्य एवम् देजमोका प्रदेश ४ संयोजक केशबहादुर परियार, पार्टीका केन्द्रिय सदस्यहरु हस्तबहादुर केसी, अशोक लम्साल अनुकुल, रामजी थापा, आरवाइएलका केन्द्रिय अध्यक्ष समिर महर्जन लगायतले मन्तव्य राखेका थिए ।
प्रशिक्षण तीन दिनसम्म चल्ने छ । प्रशिक्षण उद्घाटन कार्यक्रममा क्रान्तिकारी युवा लिग कास्कीका अध्यक्ष राजकुमार सुनारले स्वागत मन्तव्य राखेका थिए ।
प्रशिक्षण सके लगतै कावासोतीमा फाल्गुन १ गते क्रान्तिकारी माओवादीका युवा लिगले कावासोतीमा रातो मार्चपास गर्ने कार्यक्रम रहेको छ ।







सम्बन्धित
Loading...