ad

राष्ट्रिय पुस्तक दिवसमा नवलपुरका चार विद्यालयमा पुस्तक वितरण

155

नवलपुर । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ, नवलपुरको आयोजनामा छैटौं राष्ट्रिय पुस्तक दिवशको अवसरमा नवलपुरका ४ वटा विद्यालयमा शैक्षिक सामाग्री वितरण गरिएको छ । प्रकृति पुस्तक पसल, कावासोतीको सौजन्यमा र नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका कार्यसमिति सदस्य रामप्रसाद भट्टराईको उपस्थितिमा मध्यविन्दु ६ को जनता मा वि, लालीगुराँस प्रा वि र शंकर गोसाईबाबा प्रा वि का २ सय जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।
त्यसैगरी प्रकृति पुस्तक कावासोती, हाम्रो पुस्तक पसल कावासोती, विद्यार्थी पुस्तक पसल कावासोती र दीप पुस्तक पसल, कावासोतीको सौजन्य, जिल्ला सचिव अर्जुन अविरल र कार्यसमिति सदस्य पुष्पा कार्कीको उपस्थितिमा कावासोती २ स्थित जीवनज्योती मा वि का नयाँ भर्ना भएका विद्यार्थी र केही गरिव तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।




You might also like
Loading...