विद्यार्थीद्वारा सामाजिक सञ्जालको दुरुपयोग गरेः केसी


रामअवतार चौधरी
कपिलवस्तु, २८ माघ ।
प्रदेश ५ का सांसद अर्जुनकुमार केसीले विद्यार्थीहरु सामाजिक सञ्जालको जालोमा फसेको बताएका छन् । उनले मोबाइल, फोन, टेलिभिजन र मोटरसाइकल जस्ता साधनको सदुपयोग गर्नु पर्नेमा दुरुपयोग भएको बताए ।
कपिलवस्तुको शिवराज ३, खरेन्द्रपुरमा रहेको गोल्डेन पार्कस एकेडेमीले ७ औँ बार्षिकोत्सव एवम् अभिभावक दिवस कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
बार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरिएको र विद्यार्थीहरूले जनचेतनामूलक नाटक तथा नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वरीप्रसाद पाण्डेको अध्यक्षतामा भएको थियो ।







सम्बन्धित
Loading...