ad

पत्रकार महासंघ नवलपरासीको अध्यक्षमा हरि शर्मा

154

नवलपरासी, ३ फाल्गुन ।
नेपाल पत्रकार महासंघ नवलपरासी बर्दघाट सुस्ता पश्चिममा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ ।
नवलपरासी दुई जिल्ला भएपनि पश्चिममा शुक्रबार निर्वाचन सम्पन्न भएको हो । पूर्वी नवलपरासीमा पनि यसै साता रिक्त पदका लागि निर्वाचन हुने तयारी रहेको छ ।
पश्चिम नवलपरासीको अध्यक्षमा हरि शर्मा निर्वाचित भएका छन् । उनी परासी पत्र साप्ताहिकका सम्पादक हुन् ।
त्यसैगरी उपाध्यक्षमा नारायण सुवेदी, महिला उपाध्यक्षमा मालती न्यौपाने, सहसचिवमा उमाकान्त गिरी र कोषाध्यक्षमा रवि पाण्डे निर्वाचित भएका हुन् ।
नेपाल प्रेस युनियन, प्रेस चौतारी, क्रान्तिकारी पत्रकार महासंघ, प्रेस सेन्टर र क्रान्तिकारी संगठनबीच व्यापक छलफल पछि नयाँ समिति सर्वसम्मत निर्वाचित गरिएको हो ।
त्यस्तै रिक्त दुई खुल्ला सदस्यमा जितेन्द्र गुप्ता र वेनिमाधव बस्याल निर्वाचित भएका छन् भने महिला सदस्यमा सीता पौडेल निर्वाचित भएका छन् ।
दुई जिल्लामा विभक्त भएपछि बनेको कार्यसमितिमा संयुक्त जिल्ला हुँदा निर्वाचित सचिव, समावेशी सहसचिव भने पश्चिम नवलपरासीमा रहेका थिए ।
यसैबीच शुक्रबार नै निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण एवम् पदहस्तान्तरण गरिएको छ ।
नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्ष होमराज रानाभाटको अध्यक्षतामा भएको पद हस्तान्तरण कार्यक्रममा केन्द्रिय प्रतिनिधि एवम् केन्द्रिय सदस्य कृष्ण गिरी, केन्द्रिय सदस्य पुरुषोत्तम सुवेदी लगायतले नवनिर्वाचित समितिलाई शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा अध्यक्षमा निर्वाचित हरि शर्माले आफ्ना प्रतिबद्धताहरु व्यक्त गरेका थिए ।




You might also like
Loading...