कम्युनिष्ट सरकारमा भ्रष्टाचार बढ्नु लज्जास्पद : बाबुराम भट्टराई


बागलुङ । नयाँ शक्ति पार्टी संयोजक डा. बाबुराम भट्टराईले कम्युनिष्ट नेतृत्व सरकारको पालामा भ्रष्टचार बढ्नु लज्जास्पद भएको बताएका छन् ।




मध्यपहाडी लोकमार्ग अभियान अन्तर्गत ‘असल राजनीति र समावेशी विकासका लागि जनसंवाद यात्रा–२०७५’ को अवसरमा गल्कोटमा आयोजना गरिएको जनसम्वाद कार्यक्रममा बोल्दै डा भट्टराईले अबको विकास र समृद्धिको मुख्य बाधक भएको बताए ।

‘दुई तिहाईको सरकारले भ्रष्टाचार मौलाउँदा के हेरेर बसेको छ ?’ उनले भने, ‘समृद्धि र सुशासनको नारा लगाएर नथाक्ने सरकार र पार्टीले लज्जाबोध गर्ने समय आएको छ ।’ भ्रष्टचारमा शुन्य सहनशिलता अप्ठाउन उनले आग्रह गरे ।




पूर्वप्रधानमन्त्री डा. भट्टराईले पाँच बर्षमा गरिबी अन्त्य गर्ने, १५ बर्षमा मध्यमस्तर र २५ बर्षमा पहिलो विश्वको बराबर आर्थिक विकास गर्ने लक्ष्यका साथ अभियान संचालन गरेको दावी गरे ।

उनले राजनीतिक उपलव्धी हाँसिलका लागि कांग्रेस, एमाले र माओवादीले पालैपालो संघर्ष गरेको भन्दै भट्टराईले अब पालो आर्थिक विकास दौडको भएको उल्लेख गरे ।
देशको आर्थिक विकासका लागि पुर्वाधार निर्माणमा बजेट छरेर मात्रै विकास नहुने भन्दै एकीकृत योजनाहरु बनाएर अघि बढ्नुपर्ने उल्लेख गरे ।




सम्बन्धित
Loading...