शितभण्डार स्थापना गर्न केरा उत्पादक किसानको जोड

224

सहबान अन्सारी
नवलपरासी, ७ फागुन ।
पश्चिम नवलपरासीका केरा उत्पादक किसानहरुले कृषि क्षेत्रको प्रबद्र्धनका लागि सितभण्डार स्थापना गर्नु पर्नेमा जोड दिएका छन् ।
मंगलबार नवलपरासीको प्रतापपुर गाउँपालिका ८ पिपरपातीमा भएको नवलपरासी केरा उत्पादक संघको दोस्रो बार्षिक साधारण सभामा सहभागी किसानहरुले यस्तो जोड दिएका हुन् ।
लखु यादवको अध्यक्षतामा भएको साधारण सभाको उद्घाटन गर्दै राष्ट्रिय सभा सदस्य रामलखन हरिजनले यहाँका किसानहरुको मागलाई ध्यानमा राख्दै आफूले सितभण्डार निर्माणको लागि पहल गर्नेमा जोड दिए ।
कार्यक्रममा प्रदेश नम्बर ५ का कृषि सचिव यमनारायण देवकोटा, प्रतापपुर गाऊँपालिकाका अध्यक्ष राजकुमार शर्मा, सुस्ता गाउपालिकाका अध्यक्ष रामप्रसाद पाण्डे, कादिर अली अन्सारी, सुदामा कोइरी, संङगालो साना किसान संस्थाका अध्यक्ष धन बहादुर गुरूङ लगायतहरुले किसानहरुको हकहितको पक्षमा बोलेका थिए ।
संघमा प्रतापपुर र सुस्ता गाऊपालिकामा करिब ८ सय ८० घर दुरी केरा कृषक रहेका छन् ।






सम्बन्धित
Loading...
error: Content is protected !!