विषाक्त मदिरा पिउँदा भारतको आसाममा ७० जनाको मृत्यु

189

भारतको पूर्वोत्तर राज्य आसाममा विषाक्त मदिरा सेवन गर्दा कम्तीमा ७० जनाको मृत्यु भएको छ ।
भारतीय अधिकारीहरुलाई उदृत गर्दै बिबिसीले दुई सयभन्दा बढी व्यक्तिलाई उपचारका लागि एउटा अस्पतालमा भर्ना गरिएको जनाएको छ ।
पीडितमा महिलाहरू पनि छन् । उनीहरू सबै आसामको चिया बगानमा काम गर्ने मानिसहरू हुन् । स्थानीय सञ्चारमाध्यममा प्रकाशित विवरणहरूका अनुसार मृत्यु हुनेहरूको सङ्ख्या बढ्न सक्ने छ ।




दुई हप्ताअघि अरू दुई राज्य उत्तर प्रदेश र उत्तराखण्डमा पनि विषाक्त मदिराका कारण झण्ड‌ै एक सय जनाको मृत्यु भएको थियो आसामको गोलाघाट र जोरहाट जिल्लामा भएका बगानमा काम गर्ने मानिसहरूले विषाक्त मदिरा सेवन गर्न पुगेका थिए।

गोलाघाटका प्रमुख प्रशासक धिरेन हजारिकाले त्यस्तो मदिरा सेवन गर्नेहरूमध्ये पहिलो व्यक्तिको मृत्यु बिहीवार भएको बताएको समाचारसंस्था एएफपीले जनाएको छ।




गोलाघाट जिल्लामा मात्रै ५८ जनाको मृत्यु भएको प्रहरी अधिकारी पुष्कर सिंहले जनाएको भन्दै बीबीसीले जनाएको छ ।
अर्का स्रोतका अनुसार १२ जनाको मृत्यु जोरहाट जिल्लामा भएको हो ।
गोलाघाट स्वास्थ्य विभागका सहनिर्देशक डा. रतुल बोरदोलोईका अनुसार पीडितहरू बान्ता गर्दै र छाती दुख्ने एवम् सास फेर्न गाह्रो हुने गम्भीर समस्यासहित अस्पताल पुगेका थिए ।
गोलाघाट अस्पतालमा उपचार गराइरहेका एक व्यक्तिका अनुसार उनी बिहीवार चिया बगानमा थिए ।

APF

भारतमा अवैध रूपमा उत्पादित सस्तो मदिराबाट हुने मृत्यु सामान्य मानिन्छ। अधिकारीहरूका अनुसार सो घटनाको छानिबिन गर्न एउटा समिति बनाइएको छ।

राज्य प्रहरीका अनुसार उनीहरूले एक जनालाई अवैध मदिरा बेचेको आरोपमा समातेको छ। त्यस्तो मदिरा बिक्रीवितरण रोक्न नसकेको भन्दै दुईजना अधिकारीहरूलाई पनि निलम्बन गरिएको एएफपीले जनाएको छ।



सम्बन्धित
Loading...
error: Content is protected !!