श्रेष्ठको आत्मकथा आराधना सार्वजनिक


साहित्यकार रेशमलाल श्रेष्ठको आत्मकथा आराधना सार्वजनिक भएको छ ।
शनिबार नारायणगढमा आयोजित एक कार्यक्रममा पुस्तकको विमोचन गरिएको हो । बन्दिपुर सेवा समिति चितवनले उद्योग वाणिज्य संघ नारायणगढमा गरेको कार्यक्रममा लेखक श्रेष्ठकी धर्मपत्नी सरस्वती श्रेष्ठले पुस्तकको विमोचन गरेका थिए ।
पुस्तक माथि बोल्दै साहित्यकार सरस्वती रिजालले आत्मकथा प्रेरणादायी भएको बताए । ‘आत्मकथाले सकारात्मक सोचाइलाई बढावा दिनेखालको हुनुपर्छ’ उनले भने, – ‘केही नकारात्मक प्रसङ्ग किताबमा उल्लेख गरिएका पनि रहेछन्, त्यसो नगरेको भए पनि हुन्थ्यो । ’
कवि सुरेन्द्र असफलले आराधनामा लेखिएका प्रसङ्गहरु लेखकले नढाँटिकन लेखेकोले यो सुन्दर पक्ष भएको दावी गरे ।
लेखकले आत्मकथामा केही पनि नढाँटीकन लेख्नु लेखकको खुबी भएको बताए ।
आराधनामा साहित्यकार श्रेष्ठको सम्पूर्ण जीवनवृत्त समेटिएको छ । उनी नेपाल सरकारका निवृत्त शिक्षक हो ।
कविता तथा गीत लेखनमा पनि श्रेष्ठको राम्रो दखल छ । माया बन्दिपुरको ( गीत संग्रह ) उनको पहिलो कृति हो । दोस्रो कृति स्वरुप आएको आराधना लाई बुकआर्ट नेपालले प्रकाशन गरेको हो ।







सम्बन्धित
Loading...