भारतबाट ल्याइएको अवैध अण्डा नियन्त्रणमा लिई नष्ट


नवलपुर, १४ फागुन । भारतमा बर्डफ्लुको महामारी भइरहेकाबेला भारतबाट अबैधरुपमा ठूलो परिमाणमा अण्डा नेपाल आउने गरेको खुलासा भएको छ । नेपालका केही व्यवसायीहरु अवैध रुपमा भारतीय कुखुराजन्य वस्तु नेपाल ल्याउन सक्रिय भएका छन् ।




सोमबार भारतबाट ल्याईएको करिव ५० हजार चल्ला उत्पादन गर्ने अण्डा नवलपरासी र चितवनका ह्याचरी उद्योगीहरुले नियन्त्रणमा लिन सफल भएका छन् । गोप्य सूचनाको आधारमा उद्योगी व्यवासीहरु नै सक्रिय भएर खोजतलास गर्दा गैंडाकोट क्वारेन्टाईन चेकपोष्ट सो अवैध अण्डा बोकेका गाडी नियन्त्रणमा लिन सफल भएको हो ।

चितवनको भरतपुर–५ तोरीखेतस्थित मिलन ह्याचरीले १९ हजार ५ सय गोटा अण्डा र परासी बर्दघाटको त्रिवेणी संगम ह्याचरीले ल्याएको ३० हजार गोटा अवैध भारतीय अण्डा नष्ट गरिएको छ ।




चितवनको मिलन ह्याचरीका संचालक कमल पौडेलले भारतबाट नै अण्डा ल्याएको स्वीकार गर्नु भएको छ । भारतमा बर्डफ्लु लागेको अण्डा अवैध रुपमा ल्याएको भन्दै नियन्त्रणमा लिएको ब्यवसायीहरुले जनाएका छन् ।

नेपाल ह्याचरी संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ऋषिराज पौडेलले गोप्य सूचनाको आधारमा अवैध भारतीय अण्डा नियन्त्रणमा लिन सफल भएको बताउनुभयो । चितवनमा ल्याएको अण्डा मध्ये मंगलबार पशु तथा भेटेरिनरी कार्यालय भरतपुर परिसरमा ९ हजार पाँच सय गोटा अण्डा नष्ट गरिएको छ ।
नवलपरासीका सीमा क्षेत्रमा खुलमखुला भारतीय अण्डा विक्री हुने गर्दछ।




सम्बन्धित
Loading...