ad

अधिकारीको निधनमा आज राष्ट्रियशोक, सार्वजनिक विदा दिइ आधा झण्डा झुकाइने

116

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातजनाको ज्याने गरी बुधवार भएको हेलिकप्टर दुर्घटनापछि आज राष्ट्रियशोक मनाउने भएको छ ।
हिजो बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले आज राष्ट्रियशोक मनाउने निर्णय गरेको छ । आज देशभर र विदेशस्थित कूटनीतिक नियोगहरुमा सार्वजनिक विदा दिइनेछ भने आधा झण्डा झुकाइनेछ ।
ऊर्जामन्त्री वर्षमान पुनका अनुसार दिवङ्गत मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्तिम संस्कार गर्ने र उच्चस्तरीय छानबिन आयोग गठन गर्ने निर्णय समेत मन्त्रिपरिषद्ले गरेको छ ।


ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्री अधिकारीसहित ७ जनाकै निधन भएको छ ।



You might also like
Loading...