शोकमा पोखरा, भावविह्वल पोखरेली


कास्की– हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधनले पोखरास्थित उनको घर परिवार तथा आफन्तजनमा रुवाबासी चलेको छ । अप्रत्यासित घटना सुनेलगत्तै पोखराको जन्मस्थल गैरा गाउँ जामुने बोटमा छिमेकीहरु भावविह्वल बनेका हुन् ।




रविन्द्र अधिकारीको जन्म २०२६ बैशाख २२ गते कास्कीको भरतपोखरी–जामुनाबोटमा भएको थियो । आमा लक्ष्मी अधिकारी र पिता इन्द्रप्रसाद अधिकारीका जेष्ठ पुत्रको रुपमा जन्मिएका अधिकारीले प्राथमिक शिक्षा गाऊँकै शान्ति उदय माविबाट पूरा गरेका थिए । अधिकारीको निधनले सारा गाउँ मै शून्यता छाएको जामुनाबोटबासीहरु बताउँछन् । उनीहरु भन्छन्– गाउँ नै टुहुरो बनेको छ ।

मन्त्री अधिकारीका पार्थिव शरीर काठमाडौंको श्रद्धाञ्जली सकिएपछि पोखरा ल्याइने छ । मन्त्री अधिकारीको शव पोखरा विमानस्थलबाट सिधै नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा श्रद्धाञ्जलीका लागि राखिने तयारी गरिएको छ । श्रद्धाञ्जलीपछि शव यात्रा नयाँ बजार, महेन्द्रपुल, रानीपौवा, हस्पिटल चोक हुँदै रामघाटमा लगेर राजकीय सम्मानका साथ अन्त्यष्टि गरिनेछ ।





सम्बन्धित
Loading...