पूर्व उपप्रधानमन्त्री अधिकारीको नौ बजेदेखि धुम्बाराहीमा श्रद्धान्जली, आजै दाह संस्कार गरिने


काडमाडौ । शनिवार बेलुका निधन भएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्व उपप्रधानमन्त्री भरत मोहन अधिकारीको पार्थिब शरिरमा अहिले विहान श्रद्धान्जली दिने कार्यक्रम रहेको छ ।




आइतबार विहान ९ देखि १२ बजेसम्म पार्टी कार्यालय धुम्बाराहीमा श्रद्धान्जली दिने कार्यक्रम तय गरेको नेकपा कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । त्यसलगत्तै अधिकारीको शव यात्रा गरिने र मध्यान्ह पशुपति आर्यघाटमा दाहसंस्कार हुने नेकपाले जनाएको छ ।




सम्बन्धित
Loading...