ad

सहमतिमा नआए विप्लवलाई कारवाही गर्ने प्रचण्डको चेतावनी

548

विराटनगर । नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेत्र विक्रम चन्द विप्लवलाई सहमतिमा नआए कारवाही गर्ने चेतावनी दिएका छन् ।
प्रचण्डले विप्लव समूह राजनीतिक सहमतिमा नआए प्रशासनिक रुपमा समाधान खोज्ने भन्दै घुमाउरो भाषामा कारवाहीको चेतावनी दिएका हुन् ।
सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले विप्लवको पछिल्लो गतिविधिलाई सरकारले गम्भीर रुपमा लिएको भन्दै उनले छिट्टै समाधान निस्कने दाबी पनि गरे ।
संविधान र वामपन्थी सरकारलाई अस्थिर बनाउन खोज्नु अतिवाद भएको भन्दै उनले अतिवादलाई नियन्त्रण गर्न सरकारले गम्भीर रुपमा सोचेको बताए ।
प्रचण्डले सहमतिका लागि सक्दो प्रयास गर्ने तर सहमतिमा नआए प्रशासनिक तर्फबाट समाधान खोजिने बताए ।




You might also like
Loading...