फिलिपिन्सको विमानस्थलमा १५ सय वटा अवैध कछुवा बरामद


फिलिपिन्सको ‌प्रहरीले राजधानी मनिलास्थित विमानस्थलमा टेपमा बेरिएका १५ सय वटाभन्दा बढी कछुवा फेला पारेको बताएका छन्। चारवटा बेवारिसे लगेजमा रहेका ती कछुवाहरू यदि बजारमा विक्रि गरिएका भए तिनीहरूको मूल्य झण्डै ८७ हजार अमेरिकी डलर जति हुन्थ्यो।




प्रहरीको विश्वासमा अवैध रूपमा कछुवा बोकेर ल्याउनेहरूले वन्यजन्तुको गैरकानुनी कारोबारका दोषीले कडा दण्ड सजाय भोग्नुपर्ला भन्ने डरले तस्करहरूले ती कछुवाहरू राखिएको झोला त्यतिकै छाडेर भागेको हुनुपर्छ।

ती तस्करहरू पक्राउ परेमा तिनीहरूले दुई वर्षको जेल सजाय भोग्नुका साथै र दुई लाख फिलिपीनी पेसो जरिवाना तिर्नुपर्ने हुनसक्छ।




आइतवार मनिलाको निनोइ अक्विनो अन्तर्राष्ट्रिय विमानस्थलको आगमन क्षेत्रमा चारवटा बेवारिसे झोलामा विभिन्न प्रजातिका ती १५२९ वटा कछुवाहरू फेला पारिएको थियो। तिनमा सुल्काटा टर्टोइसेस् प्रजातिको कछुवा पनि छ जसलाई आइयुसिएनले लोपोन्मुख जीवजन्तुको रातो सूचीमा राखेको छ।

फिलिपिन्सको भन्सार ब्यूरोले जनाए अनुसार ती कछुवाहरू हंगकंगबाट आएका एकजना फिलिपिनो यात्रुले छाडेर गएका हुन्। ती कछुवाहरूलाई देशको वन्यजन्तु तस्करी निगरानी एकाइलाई हस्तान्तरण ‌गरिएको छ।




सम्बन्धित
Loading...