हिंसात्मक गतिविधि नरोके विप्लवको पार्टीलाई कारवाही गर्ने प्रधानमन्त्रीको चेतावनी





दाउन्ने न्यूज
कावासोती । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लव नेतृत्वको नेकपा पार्टी नसच्चिए कारवाही गर्ने चेतावनी दिएको भोलि पल्ट सोही पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पनि हिंसात्मक गतिविधि नरोके विप्लपकाे नेकपालाई कारवाही गर्ने चेतावनी दिएका छन् ।

मङ्गलवार इलाम र झापाको सिमाना सुखानीमा आयोजित स्मृति सभामा बोल्दै उनले हिंसात्मक गतिविधि गर्नेलाई वामपन्थीकै सरकार भए पनि नछोडिने भन्दै चेतावनी दिएका हुन्।


प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले हिंसात्मक गतिविधि नसच्याए सरकारले नियन्त्रण गर्ने चेतावनी दिएका छन्।

विस्फोट गराएर मान्छे मार्ने गतिविधि गर्नेलाई राजनीतिक दल भन्न नमिल्ने उनले टिप्पणी गरे।

आक्रामक शैलीमा ओलीले भने, “कम्युनिस्ट पार्टीको नाम लिएर लुटमार गर्ने काम बन्द गर्नूस्। होइन भने जनताको सरकार छ, शान्ति सुव्यवस्था र अमनचयन कायम गर्नका लागि नियन्त्रण गर्नुपर्ने हुन्छ।”
हिंसात्मक गतिविधि गर्ने वामपन्थी नै भए पनि वामपन्थी सरकारले नछोड्ने सत्तारुढ नेकपाका अध्यक्ष समेत रहेका ओलीको भनाइ थियो।

लुकेर चन्दा उठाउन तथा लुटमार गर्ने काम बन्द गर्न उक्त पार्टीलाई उनले चेतावनी दिए। यसअघि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि उक्त पार्टीलाई सच्चिन चेतावनी दिएका थिए।

विराटनगरमा सोमवार पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले राजनीतिक रूपमा उक्त पार्टी सहमतिमा नआए प्रशासनिक रूपमा सम्बोधन गरिने बताएका थिए।

सहमतिमा नआए विप्लवलाई कारवाही गर्ने प्रचण्डको चेतावनी

 

सहिद सम्मान कार्यक्रमबाटै विप्लवका तीन जिल्ला नेता पक्राउ




सम्बन्धित
Loading...