विप्लवको बन्दले राप्तीका ५ जिल्ला प्रभावित


राप्ती, २३ फागुन । आफ्ना नेता तथा कार्यकर्ताहरुको रिहाइको माग गर्दै राप्ती व्युरो बन्द आव्हान गरेको विप्लब नेतृत्वको बन्दका कारण यस क्षेत्रका जनजीवन प्रभावित भएको छ ।
प्रहरी प्रशासनले विना कारण आफ्ना नेता–कार्यकर्ता गिरफ्तार गरेको भन्दै विप्लवको राप्ती ब्यूरोले दाङ, सल्यान, रुकुम, प्यूठान र रोल्पा बन्दको आह्वान गरेको हो । बन्दले ५ वटै जिल्लाको जनजीवन प्रभावित बनेको छ ।
बन्दका कारण रोल्पाका लामो तथा छोटो दूरीका सवारीसाधन चलेका छैनन् । त्यहाँका बजार, कलकारखाना र विद्यालय कलेज पूर्णरूपमा बन्द रहेका छन् ।





प्रहरीले दाङ जिल्ला सचिवालय सदस्य प्रदीप वली, ईश्वरी पाण्डे र जिल्ला सदस्य रुद्र वलीलाई तुल्सीपुरबाट शहीद सम्मान कार्यक्रमस्थलबाट गिरफ्तार गरेको सो पार्टीले जनाएको छ ।

यसैगरी रोल्पा जिल्लाबाट समेत दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य टीकाराम परियार, पूर्वअध्यक्ष लालबहादुर सुनार र अर्का कार्यकर्ता नृपेन्द्र सेनालाई पक्राउ गरेको जनाएको छ । यी सबै नेता–कार्यकर्तालाई विनाशर्त रिहा गर्नुपर्ने माग उनीहरुको छ ।

 




नेताको रिहाइको माग गर्दै विहीवार राप्ती वन्दको घोषणा (विज्ञप्ति सहित)

 

नेकपाका जिल्ला सदस्यलाई प्रहरीले गिरफ्तार गरी नजरबन्द, बेपत्ता बनाउन खोजेको भन्दै कडा संघर्ष गर्ने नेकपाको चेतावनी 

 

सहिद सम्मान कार्यक्रमबाटै विप्लवका तीन जिल्ला नेता पक्राउ

 

 




सम्बन्धित
Loading...