कावासोती नगरपालिकाले गर्यो सार्वजनिक सुनुवाईः अर्ध बार्षिक राजश्व संकलन उत्साहजनक


कावासोती । पुर्बी नवलपरासीको सदरमुकाममा रहेको कावासोती नगरपालिकाकाले आर्थिक बर्ष २०७५/०७६ को प््रथम चरणको सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ ।
हरेक स्थानिय तहले आर्थिक बर्ष भित्र भित्र गरेका काम कारवाहीको विषयमा नगरबासीलाई जानकारी दिने र जनप्रतिनिधिहरु नगरबासी प्रति उत्तरदायित्व र जिम्मेवारीताको लागी सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरीएका कावासोती नगरपालिकाका उप प्रमुख प्रेम शंकर मर्द्नियाले जानकारी दिनुभयो ।
कावासोती नगरपालिकाकी प्रमुख चन्द्र कुमारी पुनको अध्यक्षतामा सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाले यस आर्थिक वर्षका लागि कावासोती नगरपालिकाको नगरसभाबाट नीति तथा कार्यव्रmममा क्षेत्रगत हिसाबमा विभिन्न नीति तथा विकास कार्यव्रmमहरु तय गरिएको थियो ।
समानिकरण तथा सशर्त अनुदान, आन्तरिक राजश्व तथा बाँडफाँड हुने राजश्व समेत गरि जम्मा ७२ करोड ७५ लाख ८७ हजारको बजेट अनुमान गरी कार्य गरेको बताउनु भयो ।
त्यस्तै संघ तथा प्रदेश सरकारबाट प्राप्तहुने विभिन्न अनुदान थप भएको र बाडफाड हुने तथा अन्य राजश्वको अनुमानमा समेत फेरबदल भएको भन्दै यस बर्षको हिउदे नगर सभाबाट संसोधन गरी बजेटलाई ८१ करोड ९४ लाख कायम गरीएको नगर प्रमुख चन्द्र कुमारी पुनले बताउनु भयो ।
कुल बजेट अन्तर््गत चालु खर्च तर्फ ४८ करोड ७२ लाख र पुजीगत खर्च ३३ करोड २२ लाख विनीयोजन भएकोमा चालु तर्फ २० करोड १४ लाख र पुजीगत खर्च ७ करोड ८१ लाख खर्च भई सकेको सो अवसरमा जानकारी दिनुभयो ।
साथै प्रमुख पुनले अधिकाशं योजना सम्झौता भई कार्यन्वयको अवस्थामा रहेको र आर्थिक बर्षको अन्त सम्ममा सबै योजना पुरा हुने समेत जानकारी दिनुभयो ।
राजश्व संकलन तर्फ नगरपालिकाकले आन्तरीक राजश्व करीब १० करोड १८ लाखको लक्ष्य लिएकोमा अर्धबार्षिक सम्ममा ८ करोड २० लाख संकलन भईसकेको बताउनुभयो ।
सार्वजनीक सुनुवाईमा बोल्ले अधिकाशं नगरवासीले कावासोती नगरपालिकाको बडा नं ४ र ५ मा रहेको केरुङ्गेखोलाले स्थानियमा पारेको प्रभाव , नदीजन्य पदार्थको दोहन र व्यावस्थापन सगै नियन्त्रका लागी भएका पहलकोबारेमा जिज्ञासा राखेका थिए ।
नगरवासीले विद्यालय परीसरमै मदीरा तथा सुर्ती जन्य बूतुको विक्रीमा नियन्त्रण गरीनुपर्ने, कृषी अनुदान र वडाको भुगोलको आधारमा रकम विनियोजन गर्नुपर्ने पुर्वाधार निर्माण गर्दा दृगकालिन योजना बनाएर गर्नुपने कुरामा जोड दिएका थिए ।




त्यस्तै देशकै मुख्य समस्या बनेको युवा जगतको विदेश पलायन समस्यालाई नगरपालिकाले योजना निर्माण गरी कार्य गर्नुपर्ने फोहोर व्यावस्थापनलाइ दृगकालीन व्यावस्थापन गर्नुपर्ने अव्यवस्थित बसोवास र सुकुम्वासी समस्या सामधानका लागी नगरले हाल सम्म गरेका पहलमका विषयमा जिज्ञासा राखेका थिए ।

कार्यक्रममा जवाफ दिदै कावासोती नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोशन ज्ञावलीले सार्वजनिक सुनुवाईमा जिज्ञासा भन्दा पनी नगरको बिकासका लागी नगरबासीबाट सुझाब आएको भन्दै नगरवासीको सुझावलाई आगामी निती निर्माण गर्दा मार्ग्निर्देशको रुपमा लिएको बताउनु भयो ।




नगरपालिकाका उप प्रमुख प्रेमशंकर मर्द्नियाले केरुङ्गे खोला , सडक तथा ढल निकास र विद्यालय नजीक मदीरा तथा सुर्तीजन्य बस्तुमा नगरपालिकाले ठोस निती ल्याउने बताउदै निरन्तर अनुगमनलाइृ तिब्रता दिदै युवामुखी, विकासमुखी बजेट मार्फत कावासोती नगरपालिकाको विकासमा सबै सग हातेमालो गरेर अगी बढ्ने बताउनुभयो ।

कावासोती नगरपालिकाका मुख चन्द्र कुमारी पुनले सामाजीक विकासका कार्यक्रमहरुमा स्वास्थ्य, खेलकुद, बालबालिका, लक्षित समुह, दलित अल्पसख्यक तथा मुसहर समुदायका लागी विभिन्न कार्यक्रम सञ्चालन गरीएको, दिगो रुपमा फोहर व्इावस्थापनकालागी सघन कार्यक्रम अधि बढाईएको, पुर्वाधार निर्माणमा नगर एवम् वडा स्तरबाट सडक स्तरउन्नतीका लागी कार्यभईरहेको, मानव रबन्यजन्तु न्युनिकरणका लागी मेस जाली सहितको प्रखाल निर्माण गरीएको बताउनु भयो ।

कार्यक्रम कावासोती नगरपालिकाको आयोजना तथा मध्यविन्दु सामुदायिक विकास तथा सशक्तिकरण केन्द्रको संयोजनमा कावासोती नगरपालिका वडा नं. ५ मा रहेको अकलादेवी मन्दिर परीसरमा सम्पन्न भएको थियो ।




सम्बन्धित
Loading...