ad

सरकारले विखण्डनकारीलाई मान्यता दियोः पौडेल

208

नवलपरासी, २७ फागुन ।
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले देश टुक्रयाउँछु भन्दै आन्दोलन गर्दै हिडेको सिके राउतसँग सरकारले सहमति गरेर विखण्डनकारीलाई मान्यता दिएको आरोप लगाएका छन् ।
नेपाली कांग्रेस क्षेत्र नम्बर १ नवलपरासी सुस्ता पश्चिम नवलपरासीको आयोजनामा सोमबार जिल्लाको प्रतापुर गाउपालिका वडा नम्बर ३ फेनहरामा सोमबार भएको कार्यकर्ता भेलालाई सम्बोद्धन गर्दै उनले यस्तो बताएका हुन् ।
नेता पौडेलले प्रधानमन्त्रीले बोल्दा अखण्डको कुरा गर्ने तर देश टुक्राउँछु भन्नेसँग सहमति गरेर विखण्डनको दिशामतर्फ अगाडि बढेको बताए ।
वर्तमान सरकार सबैभन्दा बढी राष्ट्रवादी भनेर चुरीफुरी गरे पनि राष्ट्रियता बोलीमा मात्रै सीमित भएको आरोप पनि लगाए । उनले जनताको चाहना विपरीत सरकारले राउतसँग सहमति गरेको पौडेलको जिकिर गरे ।
नेता पौडेलले राउतसँग कारागारमै रहेको समयमा सहमति गरेर सरकारकै योजनामा उनलाई रिहा गरेको दावी समेत गरे ।
भेलामा नेपाल काँग्रेस पश्चिम नवलपरासीका जिल्ला सभापति अर्जुनकुमार पोख्रेल, देवकरण कलवार सन्तु, विक्रम खनाल, कुलदिप आर्चाय, विश्वप्रेम पाठक, कमला तिवारी, सुक बहादुर गुरुङ लगायतको सहभागिता रहेको थियो ।
नेपाली कांग्रेस क्षेत्रीय सभापति मुकुल आर्चायको अध्यक्षतामा भएको कार्यक्रम भएको थियो ।




You might also like
Loading...