बझाङमा एक जनाको हत्या गरी फालेको अवस्थामा शब फेला


बझाङ ।
गएराती बझाङ सदरमुकाम चैनपुरमा एक जनाको ढुङगाले हानेर हत्या गरिएकोे छ ।




सुर्मा गाँउपालिका वडा नं १ घर भएका ३५ बर्षिया धर्क बहादुर बोहरा मारेर फालेको अवस्थामा फेला परेको प्रहरी नायब उपरिक्षक प्रविण धितालले बताए । सदरमुकाम चैनपुरको चौगाई टोलमा हत्या गरेर सडकमा फालिएको अवस्थामा मृतकको शव फेला परेको हो ।
हत्या किन र के कारणले भएको भन्ने खुल्न सकेको छैन । स्थानियले विहान सडकमा शव देखे पछि प्रहरीलाई खबर गरेका थिए ।

मृतक बोहराको टाउको र अनुहारमा चोट देखिएको छ । अनुहार र टाउकोमा ढुङगाले हानेको हुन सक्ने प्रहरीले जनाएको छ ।




घटनाका विषयमा थप अनुसन्धान भई रहेको र थप अनुसन्धानका लागी कैलाली बाट कलषाभच मयन ल्याईने काम भै रहेको डिएसपि धितालले बताए । कलषाभच मयन सहतिको टोली घटना स्थलमा बेलुका पुग्ने प्रहरीको भनाई छ ।

घटना बारे चाँडै पत्ता लाग्ने डिएपि धितालले बताए । बझाङमा यो पहिलो पटक अनुसन्धानका लागि कलषाभच मयन ल्याईन लागेको हो ।




सम्बन्धित
Loading...