महिला साफ : बंगलादेशले भुटानलाई हराएपछि नेपाल सेमिफाइनलमा


आयोजक नेपाल साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।




विराटनगरको शहीद रंगशालामा बिहीबार भएको खेलमा भुटानलाई बंगलादेशले २–० ले पराजित गरेपछि नेपाल एक खेलअघि नै अन्तिम चारमा पुगेको हो । नेपाल रहेको समूह ए मा ब‌ंगलादेश र भुटान रहेका छन् । भुटान दुबै खेलमा पराजित भएर बाहिरिएको छ भने नेपाल र ब‌ंगलादेश सेमिफाइनलमा पुगेका छन् । यसअघि नेपालले भुटानलाई ३-० ले पराजित गरिसकेको छ ।

समूह ‘ए’ को अन्तिम खेलमा नेपाल र बंगालदेशले १६ मार्चमा प्रतिस्पर्धा गर्दैछ । यो खेलले समूहको विजेता र उपविजेताको टुंगो लाग्ने छ ।







सम्बन्धित
Loading...